-
नोबेल शान्ति पुरस्कार विजेता मलाला यूसुफजईले बेलायतको बर्मिघम सहरमा विवाह गरेकी छन् । २४ वर्षीया मलालाले असर मलिकसँग विवाह गर्दै आफ्नो जीवनको महत्त्वपूर्ण दिन भएको बताएकी छन् ।
पाकिस्तानकी चर्चित महिला अधिकारकर्मी मलालालाई तालिबान चरमपन्थीहरुले सन् २०१२ मा टाउकोमा गोली प्रहार गरेका थिए । त्यसपछि उनलाई उपचारका लागि बर्मिघम सहर सहर लगीएर सफल उपचार गरिएको थियो ।
मलालाले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो विवाहको जानकारी दिएकी हुन् । उनले लेखेकी छन् असर र मैले जीवनसाथी बन्नका लागि डोरी बाँधेका छौँ । उनले मंगलबार दुवैले परिवारको साथ एउटा सानो समारोहबीच विवाह सम्पन्न गरेको पनि जानकारी दिएकी छन् । उनी लेख्छिन्, हामी भावी जीवनयात्रामा सँगै यात्रा गर्नका लागि उत्साहित छौँ ।
मलालाले यसअघि विवाहलाई लिएर सन्देह जताएकी थिइन् । जसको कारण सामाजिक सञ्जालमा उनको व्यापक आलोचना पनि भएको थियो । जुलाईमा फेसन पत्रिका भोगसँगको एक अन्तरवार्तामा उनले भनेकी थिइन्, म कुरा बुझ्दिनँ कि मानिसहरु विवाह किन गर्छन् । तपाईंलाई जीवनसाथी चाहिन्छ भने तपाईं कागजमा किन हस्ताक्षर गर्नुहुन्छ रु यो पार्टनरसीप किन हुन सक्दैन ।उनले थपिन्, मेरो आमा भन्छिन्।।। भुलेर पनि यस्ता कुरा नगर्नु । तिमी विवाह गर्नुपर्छ र विवाह एक सुन्दर चिज हो ।
मलाला यूसुफजईमाथि पाकिस्तानको खैबर पख्तूनख्वाह प्रान्तको स्वातमा ९ अक्टुबर २०१२ मा घातक हमला भएको थियो । मलाला त्यतिबेला १५ वर्षकी थिइन् । उनले किशोरीहरूको शिक्षाको अधिकारका लागि आवाज उठाउँथिन् । यसबाट रुष्ट तालिबान चरमपन्थीले उनी सवार स्कुल बसमा अन्धाधुन्ध गोली बर्साएका थिए ।
यसबाट मलाला र उनका दुई साथी घाइते भएका थिए । त्यसपछि उनलाई उपचारका लागि इंग्ल्याण्ड पठाइएको थियो । ठिक भएपछि उनी शिक्षाका लागि त्यही बसिन् । सन् २०१४ मा १७ वर्षको उमेरमा उनलाई नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरियो ।
उनी हालसम्म सो पुरस्कार जित्ने सबैभन्दा कम उमेरकी विजेता हुन् । सन् २०२० मा उनले अक्सफोर्ड विश्वविद्यालयबाट दर्शनशास्त्र, राजनीति र अर्थशास्त्रमा डिग्री हासिल गरेकी थिइन् ।
News Desk 0 response बुधबार, कार्तिक २४, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





