• भारत राजस्थानको बाडमेर जिल्लास्थित जोधपुर नेशनल हाईवेमा बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा १२ जनाको मृत्यु । आपसमा ठोक्किएलगत्तै बस र ट्रकमा आगो लागेको थियो । आगोमा जलेर १२ जनाको मृत्यु भएको बताइएको छ ।

    दुर्घटनामा परी घाइते भएका ४० जनाको उपचार भइरहेको छ । यसमध्ये १३ जना गम्भीर घाइते भएको र उनीहरूलाई थप उपचारका लागि जोधपुर पठाइएको छ ।

4565