• पश्चिम अफ्रिकी मुलुक सिअरा लियोनमा शनिबार इन्धन ट्यांकर विस्फोट हुँदा कम्तीमा ९१ जनाको मृत्यु भएको छ । राजधानी फ्रिटाउन नजिकै इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा उनीहरूको मृत्यु भएको हो ।

    बिस्फोटमा अन्य कयौं गम्भीर घाइते भएका छन्। इन्धन भरिएको ट्यांकर अर्को एक ट्रकसँग जुध्दा बिस्फोट भएको बताईएको छ । सिअरा लियोनका राष्ट्रिय विपत्ति ब्यवस्थापन एजेन्सीले घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भैरहेको जनाएको छ । राजधानी फ्रिटाउनका मेयर यभोन्नी अकि सयेरले उक्त घटनाले आफू मर्माहत भएको बताएकी छिन । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

4565