-
केही दिनदेखि बेलायतभर पेट्रोल र डिजेल आपूर्तिमा संकट देखिएको छ । चालकको अभावले गर्दा पेट्रोल आपूर्तिमा संकट देखिन थालेको हो । क्रिसमस आउन केही महिना मात्रै बाँकी रहेको बेला इन्धन संकट देखिन थालेपछि पेट्रोल पम्पमा उपभोक्ताहरूको भीड लाग्न थालेको छ ।
अप्रत्यासित भीडभाड हुन थालेसँगै संकट व्यवस्थापनका लागि बेलायत सरकारले प्रयास गरिरहेको छ । प्रधानमन्त्री बोरिस जोनसनले सामान ढुवानी गर्ने ठूला सवारीसाधनका चालकको तलब बढाउन सम्बन्धित निकायलाई अनुरोध गरेका छन् । जोनसनले एचजिभीका मालिकसँग यस्तो आग्रह गरेको बेलायती समाचार माध्यमले जनाएका छन् ।
त्यस्तै, सरकारी अधिकारीहरूले अवकाशप्राप्त ४० हजार चालकहरूलाई पुनः काममा फर्किन आग्रह गरेका छन् । अन्य मुलुकबाट समेत चालक ल्याउने गरी आप्रवासन नियम खुकुलो बनाउने तयारी समेत भइरहेको उल्लेख छ । आपूर्ति चक्रमा देखिएको संकट समाधानका लागि १० हजार विदेशीलाई तत्काल भिसा दिने तयारी गरिएको छ ।
यातायात मन्त्री ग्रान्ट शाप्सले आगामी महिनादेखि विदेशीलाई भिसा दिन सुरु गरिने बताएका छन् । ढुवानी क्षेत्रमा झण्डै ९० हजार चालकको अभाव भएकाले क्रिसमसको समयमा इन्धन आपूर्ति अवरुद्ध हुन सक्ने चेतावनी बिक्रेताहरूले दिएका छन् । यस्तो अवस्था आउनबाट रोक्न सरकारसँग केबल १० दिन मात्रै बाँकी रहेको भन्दै उनीहरूले यस्तो चेतावनी दिएका हुन् ।
News Desk 0 response आइतवार, अशोज १०, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३