• नेकपा एमालेका नेता रामबहादुर थापाले चितवनमा आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संग चुनाव लड्न तयार रहेको बताएका छन । प्रेस चौतारी नेपाल चितवनले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले दाहाललाई समाजवाद र राष्ट्रियता विरोधी भएको आरोप समेत लगाए । राष्ट्रियता, समाजवाद, र समृद्धिको बाटो आफुले नभई दाहालले छाडेको उनको तर्क थियो ।

    उनले आयस्रोत खुलाउन नपर्ने नीति ल्याएर सरकारले कालोधनलाई संरक्षण गर्न खाजेको आरोप लगाए ।

4565