-
इटहरी । उद्योग वाणिज्य संघ इटहरीको नयाँ नेतृत्व चयनका लागि असार २७ गते शनिबार हुने निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष पदका उम्मेदवार नवराज काफ्ले नेतृत्वको साझा समूहले होटेल इन्टुरिष्ट प्यालेसमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार नवराज काफ्लेले इटहरीका विभिन्न संघ–संस्थामा आबद्ध व्यवसायीहरूको भोट साझा समूहलाई आउने पक्का भएको दाबी गर्दै आफ्नो टिमको जित सुनिश्चित भएको बताएका छन्। उनले संघलाई डिजिटल प्रविधिमार्फत आधुनिक बनाउँदै व्यवसायीहरूको नवीकरण, सेवा प्रवाह र समस्या समाधानलाई सहज बनाउने प्रतिबद्धता जनाए।
काफ्लेले “दिउँसो वा रात व्यवसायीको साथ” भन्ने मूल अभियानलाई मूर्तरूप दिँदै व्यवसायीहरूको समस्यामा जुनसुकै बेला उपस्थित हुने संकल्प व्यक्त गरे।
साथै, अनावश्यक बजार बन्द गर्ने परम्पराको अन्त्य गर्दै निर्भयताका साथ व्यापार सञ्चालनको वातावरण बनाउने बताए।
उनले इटहरीको व्यावसायिक प्रवद्र्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार मेला तथा लगानी सम्मेलन आयोजना गर्ने, “मुठादेखि मोबाइलसम्म” को डिजिटल उद्योग वाणिज्य संघ अवधारणा लागू गर्ने र सदस्यता नवीकरणदेखि अन्य सेवा घर वा पसलबाटै उपलब्ध गराउने योजना सार्वजनिक गरे।
घर बहाल कर समस्याको दीर्घकालीन समाधानका लागि स्थानीय सरकारसँग समन्वय गरी घरवालाले नै बहाल कर तिर्ने व्यवस्था मिलाउने, भ्याट तथा करसम्बन्धी समस्याको समाधान गर्न राजस्व कार्यालयसँग सहकार्यमा तालिम सञ्चालन गर्ने र दोहोरो कर प्रणाली हटाउन पहल गर्ने उनको भनाइ छ।

नवप्रवर्तनमार्फत इटहरीलाई आइटी तथा स्टार्टअप व्यवसायको केन्द्र बनाउने, लगानीकर्ता खोज्ने तथा सरकारी निकायसँग सहकार्य गरी नयाँ सोचलाई प्रवद्र्धन गर्ने योजना पनि साझा समूहले अघि सारेको छ । महिला उद्यमीहरूको विकासका लागि डिजिटल मार्केटिङ, वित्तीय व्यवस्थापन तथा कर सम्बन्धी तालिम प्रदान गर्दै वित्तीय पहुँच बढाउने प्रतिबद्धता समेत काफ्लेले व्यक्त गरे।
News Desk 0 response शुक्रबार, असार २६, २०८३
निर्वाचनमा साझा समूहबाट वाणिज्य सदस्य पदमा बलबहादुर न्यौपाने, जीवनकुमार न्यौपाने, महेश थापा, दिनेश धमला, संजय साह, संजीव खड्का, बलराम बस्नेत, सिनेट रिजाल र सन्नी चौधरी उम्मेदवार छन्। उद्योग सदस्यतर्फ शिवप्रसाद भट्टराई, अभिषेक बस्नेत, किसन खेडिया र हरिप्रसाद तिम्सिना तथा महिला सदस्यमा मिना ढकाल आचार्य र लिला राई चुनावी मैदानमा छन्।
काफ्लेले साझा समूहका १० जना उम्मेदवारको जित सुनिश्चित भएको दाबी गर्दै इटहरीका विभिन्न संघहरुको व्यापक समर्थन प्राप्त भएको बताए ।
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३ -
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३ -
सरकार बनेको १०० दिन: मतदाताले गर्व गर्ने कि गुनासो गर्ने?
बिहिबार, असार २५, २०८३ -
कोशी प्रदेशमा खेल प्रतिभाको सम्मान, १०५ जना खेलाडी, पत्रकार र खेलकुदकर्मी सम्मानित
बिहिबार, असार २५, २०८३ -
काफ्लेद्वारा १४ बुँदे सङ्कल्प पत्र सार्वजनिक व्यवसायी सुरक्षा कोषदेखि डिजिटल संघ सम्म :
बिहिबार, असार २५, २०८३

सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -