-
विराटनगर । खेलकुद मार्फत कोशी प्रदेशको नाम राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने खेलाडीहरूको योगदानको सम्मान स्वरूप प्रदेश खेलकुद विकास बोर्डले विशेष सम्मान तथा प्रोत्साहन कार्यक्रम आयोजना गरेको छ ।
प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको आयोजनामा दुईदिने अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
आर्थिक वर्ष २०८२र०८३ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी, खेलकुद पत्रकार तथा खेल क्षेत्रको विकासमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान तथा प्रोत्साहन गरिएको छ ।
विराटनगरस्थित कञ्चनजंघा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा कोशी प्रदेशका १०५ जना खेलाडी, प्रशिक्षक, पूर्वखेलाडी, पत्रकार तथा खेलप्रेमीलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रम प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्यालको अध्यक्षता तथा कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महत्तोको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रममा दृष्टिविहीन क्रिकेट खेलाडी इलामकी प्रतिभा राई र सुनसरीकी सुनिता भुजेललाई जनही एक लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गरियो। अन्य खेलाडी, प्रशिक्षक तथा पूर्वखेलाडीलाई उनीहरूको उपलब्धिका आधारमा पाँच हजारदेखि एक लाख सम्म नगद पुरस्कार वितरण गरिएको थियो।
खेलकुद पत्रकारितामार्फत खेल क्षेत्रको प्रचारप्रसारमा योगदान पु¥याएको भन्दै सुनसरीका अर्जुन सुबेदी र अमर काफ्ले, ओखलढुंगाका नवराज कार्की, इलामका नमिन ढकाल तथा विराटनगरका विनोद भण्डारीलाई जनही ११ हजार सहित सम्मान गरिएको थियो। त्यस्तै, निजी क्षेत्रबाट लामो समयदेखि खेलकुद विकासमा योगदान पु¥याएको भन्दै विश्व आदर्श कलेजका प्राचार्य गणेश कुमार दुलाललाई १० हजार नगदसहित सम्मान गरिएको थियो।
कार्यक्रममा बोर्डका सदस्य सचिव विप्लव घोषले निजी क्षेत्रसँग सहकार्य गर्दै खेलकुद पर्यटनको विकास, दक्ष खेलाडी उत्पादन र खेलाडी सम्मानले प्रदेशकै प्रतिष्ठा बढाउने बताए ।
त्यस्तै कोर्डका उपाध्यक्ष बसन्तराज अर्यालले आगामी १७औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गर्ने जिम्मेवारी कोशी प्रदेशले पाएको जानकारी दिँदै प्रदेशका खेलाडीलाई राष्ट्रिय स्तरमा पहिलो बनाउने लक्ष्यका साथ बोर्ड अघि बढिरहेको बताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्री रामप्रसाद महत्तोले सम्मानित खेलाडीलाई बधाइ दिँदै खेलकुदलाई निरन्तरता दिन आग्रह गरे।
आगामी राष्ट्रिय खेलकुद प्रतियोगिता कोशी प्रदेशमा आयोजना हुने भएकाले सबै खेलकुद संस्था, खेलाडी र सरोकारवालाले एकताबद्ध भएर प्रदेशलाई उत्कृष्ट बनाउने दिशामा लाग्नुपर्नेमा उनले जोड दिए ।
News Desk 0 response बिहिबार, असार २५, २०८३
सीपी पौडेलले सञ्चालन गरेको कार्यक्रममा बोर्डका पदाधिकारी, विभिन्न खेल संघका प्रतिनिधि, पर्यटन व्यवसायी, खेलाडी तथा सरोकारवालाको सहभागिता रहेको थियो। कार्यक्रमको पहिलो दिन खेलकुद विकास, पूर्वाधार विस्तार, खेल पर्यटन र निजी क्षेत्रसँगको सहकार्यका विषयमा अन्तरक्रिया तथा छलफल गरिएको थियो।
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३





