-
इटहरी। सार्वजनिक सवारी साधनलाई सफा, व्यवस्थित र वातावरणमैत्री बनाउने उद्देश्यले नेपाल यातायात मजदुर संघ इटहरी इकाई कमिटीले लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधनमा प्रयोग हुने २५० वटा डस्टबिन वितरण गरेको छ।
बस, माइक्रोबस लगायतका सार्वजनिक सवारीमा यात्रा गर्ने यात्रुले प्रयोग गरेका प्लास्टिक, कागज, बोतल तथा अन्य फोहोर सडकमा जथाभावी नफाली डस्टबिनमै संकलन गर्ने बानीको विकास गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको संघले जनाएको छ। सार्वजनिक सवारीबाट सडकमा फोहोर फाल्ने प्रवृत्तिले वातावरण प्रदूषण बढाइरहेको अवस्थालाई मध्यनजर गर्दै यो अभियान सुरु गरिएको हो।
कार्यक्रममा नेपाल यातायात मजदुर संघ इटहरी इकाईका अध्यक्ष दिनेश प्रधानले सार्वजनिक सवारी साधन केवल यात्रु बोक्ने माध्यम मात्र नभई सभ्य समाजको प्रतिबिम्ब पनि भएकाले त्यसको सरसफाइ सबैको साझा दायित्व भएको बताए। उनले यात्रु र चालक–सहचालक सबैले डस्टबिनको प्रयोगलाई व्यवहारमा उतार्न सके सडक तथा सार्वजनिक स्थल सफा राख्न ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे।

डस्टबिन वितरण कार्यक्रम नेपाल यातायात मजदुर संघ इटहरी इकाईका अध्यक्ष दिनेश प्रधानको अध्यक्षता तथा नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष ज्योति कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
कार्यक्रममा नेपाल यातायात मजदुर संघका केन्द्रीय उपाध्यक्ष कमलकुमार राई, केन्द्रीय सदस्य रादेश श्रेष्ठ, केन्द्रीय सल्लाहकार हरि थापा, कोशी प्रदेश अध्यक्ष विष्णु खत्री, जिल्ला उपाध्यक्ष दिपेन राई लगायतको उपस्थिति रहेको थियो।
उपस्थित वक्ताहरूले सार्वजनिक यातायातलाई स्वच्छ, सुरक्षित र अनुशासित बनाउन यस्ता सचेतनामूलक अभियान प्रभावकारी हुने उल्लेख गर्दै डस्टबिनको नियमित प्रयोग तथा संरक्षण गर्न चालक, सहचालक र यात्रु सबैलाई आग्रह गरेका थिए। संघले आगामी दिनमा पनि वातावरण संरक्षण र सार्वजनिक सरसफाइसँग सम्बन्धित यस्ता सामाजिक अभियानलाई निरन्तरता दिने जनाएको छ।
News Desk 0 response सोमवार, असार २२, २०८३
सम्बन्धित शीर्षकहरु
-
शैक्षिक परामर्श नियमावली २०८३ प्रति पूर्वाञ्चल शाखाको आपत्ति, संशोधनको माग
शनिबार, असार २७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३ -
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३ -
सरकार बनेको १०० दिन: मतदाताले गर्व गर्ने कि गुनासो गर्ने?
बिहिबार, असार २५, २०८३

कोशी प्रदेशमा खेल प्रतिभाको सम्मान, १०५ जना खेलाडी, पत्रकार र खेलकुदकर्मी सम्मानित
बिहिबार, असार २५, २०८३
-
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३ -
काफ्लेद्वारा १४ बुँदे सङ्कल्प पत्र सार्वजनिक व्यवसायी सुरक्षा कोषदेखि डिजिटल संघ सम्म :
बिहिबार, असार २५, २०८३ -
कोशी प्रदेशमा खेल प्रतिभाको सम्मान, १०५ जना खेलाडी, पत्रकार र खेलकुदकर्मी सम्मानित
बिहिबार, असार २५, २०८३ -
सरकार बनेको १०० दिन: मतदाताले गर्व गर्ने कि गुनासो गर्ने?
बिहिबार, असार २५, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३