-
इटहरी । नजिकीदै गरेको उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन अभियानसँगै २३ वर्षदेखि व्यवसायमा सक्रिय उषा सेढाई सत्याल पनि चुनावी मैदानमा उत्रिएकी छन्। इटहरी–६ मा रहेको अम्बे इन्टेरप्राइजेज पुस्तक, स्पोर्ट्स तथा स्टेशनरी सञ्चालन गर्दै आएकी सत्यालले गायत्री कट्वाल भण्डारी नेतृत्वको समूहबाट वाणिज्यतर्फ सदस्य पदमा उम्मेदवारी दिएकी हुन्। आगामी असार २७ गते हुने निर्वाचनका लागि उनले व्यवसायीहरूमाझ भेटघाट तथा चुनावी अभियानलाई तीव्र बनाएकी छन्।
दुई दशकभन्दा बढी समयदेखि पुस्तक, स्टेशनरी तथा शैक्षिक सामग्रीको क्षेत्रमा निरन्तर सेवा दिँदै आएकी सत्यालले आफूले संकलन गरेको व्यावसायिक अनुभवलाई संघमार्फत सम्पूर्ण व्यवसायीको हितमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। साना तथा मझौला व्यवसायीका समस्या समाधान, बजार व्यवस्थापन, व्यवसायमैत्री वातावरण निर्माण तथा व्यवसायीबीच आपसी सहकार्य बढाउन आफू सक्रिय रहने उनको भनाइ छ।

निर्वाचन प्रचारका क्रममा सत्यालले व्यवसायीहरूसँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना योजना प्रस्तुत गरिरहेकी छन्। उनले उद्योग वाणिज्य संघलाई सबै व्यवसायीको साझा र उत्तरदायी संस्था बनाउन सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै व्यवसायीहरूको विश्वास र साथको अपेक्षा गरेकी छन्।
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन यसपटक निकै प्रतिस्पर्धात्मक बनेको छ। अध्यक्ष पदमा गायत्री कट्वाल भण्डारी र नवराज काफ्लेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ भने दुवै पक्षले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्। यही क्रममा वाणिज्य सदस्य पदकी उम्मेदवार उषा सेढाई सत्यालले पनि अनुभवी, इमानदार र व्यवसायमैत्री प्रतिनिधिका रूपमा आफूलाई मत दिन व्यवसायीसँग आग्रह गरिरहेकी छन्।
News Desk 0 response शनिबार, असार २०, २०८३
सम्बन्धित शीर्षकहरु
-
शैक्षिक परामर्श नियमावली २०८३ प्रति पूर्वाञ्चल शाखाको आपत्ति, संशोधनको माग
शनिबार, असार २७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३ -
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३ -
सरकार बनेको १०० दिन: मतदाताले गर्व गर्ने कि गुनासो गर्ने?
बिहिबार, असार २५, २०८३

कोशी प्रदेशमा खेल प्रतिभाको सम्मान, १०५ जना खेलाडी, पत्रकार र खेलकुदकर्मी सम्मानित
बिहिबार, असार २५, २०८३
-
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३ -
काफ्लेद्वारा १४ बुँदे सङ्कल्प पत्र सार्वजनिक व्यवसायी सुरक्षा कोषदेखि डिजिटल संघ सम्म :
बिहिबार, असार २५, २०८३ -
कोशी प्रदेशमा खेल प्रतिभाको सम्मान, १०५ जना खेलाडी, पत्रकार र खेलकुदकर्मी सम्मानित
बिहिबार, असार २५, २०८३ -
सरकार बनेको १०० दिन: मतदाताले गर्व गर्ने कि गुनासो गर्ने?
बिहिबार, असार २५, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३