-
इटहरी । इटहरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि असार २७ गते हुने निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप तातिएको छ। अध्यक्ष पदका उम्मेदवार नवराज काफ्ले नेतृत्वको साझा समूहबाट महिला सदस्य पदकी उम्मेदवार मिना ढकाल यतिबेला व्यवसायीबीच सक्रिय रूपमा चुनावी अभियानमा जुटेकी छन्।
मिन्टु ट्रेडर्स फेन्सी स्टोरकी प्रोप्राइटर तथा पञ्चकन्या ट्रेडर्स, इटहरीकी सञ्चालिका ढकाल लामो समयदेखि उद्यमशीलता र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएकी व्यवसायी हुन्। उनले इटहरी उद्योग वाणिज्य संघको महिला उद्यमी समितिको सभापतिका रूपमा एक कार्यकाल सफलतापूर्वक जिम्मेवारी निर्वाह गरिसकेकी छन्। त्यस्तै, टेवा बचत तथा ऋण सहकारी संस्थाको कार्यसमिति सदस्यका रूपमा पनि उनले योगदान दिँदै आएकी छन्।
महिला उद्यमी तालिम, क्षमता अभिवृद्धि कार्यक्रम तथा विभिन्न सामाजिक अभियानमा सक्रिय सहभागिता जनाउँदै आएकी ढकालले आफ्नो कार्यकालमा कोशी प्रदेशकै प्रदेशस्तरीय महिला उद्यमी प्रदर्शनी सफलतापूर्वक आयोजना गराएर महिला उद्यमीहरूको उत्पादन र क्षमतालाई व्यापक रूपमा प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको बताइन्।

निर्वाचन अभियानका क्रममा व्यवसायीहरूसँग भेटघाट गर्दै ढकालले आफू निर्वाचित भए महिला उद्यमीहरूको क्षमता विकास, व्यवसाय विस्तार, सीपमूलक तालिम, बजार व्यवस्थापन तथा उद्योग–व्यवसायमैत्री वातावरण निर्माणका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले संघलाई सबै व्यवसायीको साझा र प्रभावकारी संस्थाका रूपमा थप सशक्त बनाउन आफू पूर्ण रूपमा समर्पित रहने विश्वास दिलाइन्।

व्यवसायीहरूको हक–हित, महिला उद्यमीहरूको सशक्तीकरण र नयाँ पुस्तालाई उद्यमतर्फ आकर्षित गर्ने योजनालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै भोट दिन अनुरोध गर्दै ब्यवसायीहरु विच भेटघाट कायृक्रम लाई निरन्तरता दिदै आएकी छिन ।
नवराज काफ्ले नेतृत्वको साझा समूहले अनुभवी, सक्रिय र व्यवसायीको हितमा काम गर्न सक्ने उम्मेदवारहरूको टोली प्रस्तुत गरेको दाबी गर्दै मतदातासँग सहयोग र विश्वासको अपेक्षा गरेको छ। निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरू घरदैलो, भेटघाट र छलफलमार्फत आफ्नो एजेन्डा व्यवसायीमाझ पुर्याउन व्यस्त देखिएका छन्।
News Desk 0 response बुधबार, असार १७, २०८३
सम्बन्धित शीर्षकहरु
-
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३
-
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३





