-
इटहरी । उद्योगी तथा व्यवसायीहरूको साझा संस्था इटहरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ ।
असार २७ गते हुने निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष पदका उम्मेदवार नवराज काफ्ले नेतृत्वको साझा समूहले घरदैलो, भेटघाट, व्यवसायीसँग प्रत्यक्ष संवाद तथा चुनावी छलफललाई तीव्र बनाएको हो । व्यवसायीका समस्या सुन्दै आफ्ना योजना प्रस्तुत गरिरहेका काफ्ले नेतृत्वको टोलीले इटहरीका विभिन्न व्यापारिक क्षेत्रलाई अभियानलाई निरन्तरता दिदै आएको छ ।
लामो समयदेखि उद्योग तथा व्यवसाय क्षेत्रमा सक्रिय काफ्ले पशुपति लाइभस्टक, पशुपति इट्टा उद्योग, पशुपति ट्रेड एण्ड सप्लायर्स तथा पशुपति होटलका प्रवन्ध निर्देशक हुन्। उनले व्यवसायीका साझा समस्या समाधान, लगानीमैत्री वातावरण निर्माण, संस्थागत सुधार, नयाँ पुस्ताका उद्यमीलाई प्रोत्साहन तथा उद्योग–व्यवसाय विस्तारका लागि प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
काफ्लेले आफू निर्वाचित भए संघलाई आधुनिक, पारदर्शी र प्रविधिमैत्री संस्थाका रूपमा विकास गर्ने बताएका छन्।
इटहरीमा वर्षौंदेखि देखिएको पार्किङ समस्या, घरबहाल कर, व्यवसायिक कर तथा अन्य नीतिगत समस्याको समाधानका लागि स्थानीय, प्रदेश र संघीय सरकारी निकायसँग समन्वय गरी पहल गर्ने उनको योजना छ।
संघका अधिकांश सेवा डिजिटल माध्यमबाट उपलब्ध गराई व्यवसायीले सामान्य कामका लागि कार्यालय धाउनुपर्ने अवस्था अन्त्य गर्ने उनले बताए ।
बाइट ः
निर्वाचनमा साझा समूहबाट वाणिज्य सदस्यहरुमा बलबहादुर न्यौपाने, जीवनकुमार न्यौपाने, महेश थापा, दिनेश धमला, संजय साह, संजीव खड्का, बलराम बस्नेत, सिनेट रिजाल र सन्नी चौधरी उम्मेदवार छन् ।
उद्योग सदस्यतर्फ शिवप्रसाद भट्टराई, अभिषेक बस्नेत, किसन खेडिया र हरिप्रसाद तिम्सिना तथा महिला सदस्यमा मिना ढकाल आचार्य र लिला राई चुनावी मैदानमा छन् ।
एसोसिएट सदस्यमा विनोद पौडेल र वस्तुगत सदस्यमा संयोग पराजुली निर्विरोध निर्वाचित भइसकेका छन्।
यता अध्यक्ष पदमा गायत्री भण्डारी कट्वाल पनि प्रतिस्पर्धामा रहेकाले यसपटकको निर्वाचनलाई निकै रोचक र प्रतिष्ठाको प्रतिस्पर्धाका रूपमा हेरिएको छ। दुवै समूहले आफ्नो पक्षमा मत तान्न चुनावी अभियानलाई तीव्र बनाइरहेका छन्।
आगामी नेतृत्वले व्यवसायीका हकहित संरक्षण, लगानीको सुरक्षा, व्यवसायमैत्री वातावरण निर्माण, संस्थागत सुशासन तथा इटहरीको आर्थिक गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा व्यवसायीहरूले गरेका छन्। यही कारण यसपटकको निर्वाचनलाई इटहरीको निजी क्षेत्रको भविष्यसँग जोडिएको महत्वपूर्ण प्रतिस्पर्धाका रूपमा हेरिएको छ ।
News Desk 0 response मङ्लबार, असार १६, २०८३
सम्बन्धित शीर्षकहरु
-
शैक्षिक परामर्श नियमावली २०८३ प्रति पूर्वाञ्चल शाखाको आपत्ति, संशोधनको माग
शनिबार, असार २७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३ -
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३ -
सरकार बनेको १०० दिन: मतदाताले गर्व गर्ने कि गुनासो गर्ने?
बिहिबार, असार २५, २०८३

कोशी प्रदेशमा खेल प्रतिभाको सम्मान, १०५ जना खेलाडी, पत्रकार र खेलकुदकर्मी सम्मानित
बिहिबार, असार २५, २०८३
-
काफ्लेद्वारा १४ बुँदे सङ्कल्प पत्र सार्वजनिक व्यवसायी सुरक्षा कोषदेखि डिजिटल संघ सम्म :
बिहिबार, असार २५, २०८३ -
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३ -
कोशी प्रदेशमा खेल प्रतिभाको सम्मान, १०५ जना खेलाडी, पत्रकार र खेलकुदकर्मी सम्मानित
बिहिबार, असार २५, २०८३ -
सरकार बनेको १०० दिन: मतदाताले गर्व गर्ने कि गुनासो गर्ने?
बिहिबार, असार २५, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३