-
इटहरी । उद्योग वाणिज्य संघ इटहरीको आगामी असार २७ गते हुने निर्वाचनको माहोल दिनप्रतिदिन तातिँदै गएको छ। अध्यक्ष पदका उम्मेदवार नवराज काफ्लेको नेतृत्वमा रहेको साझा समूहले आफ्नो चुनावी अभियानलाई तीव्र बनाइरहेको बेला वाणिज्य सदस्य पदका उम्मेदवार संजय शाह व्यवसायीमाझ लोकप्रिय उम्मेदवारका रूपमा अघि बढिरहेका छन्।
इटहरीका पुराना तथा स्थापित व्यवसायी शाहले फलफूल होलसेल व्यवसायबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेका हुन्। उनले २०७१ सालदेखि राम नारायण फ्रुट सेन्टर, कलावती मेडिकल, आर.एन. सप्लायर्स लगायत किचेन तथा इलेक्ट्रोनिक सामग्रीको व्यवसाय सफलतापूर्वक सञ्चालन गर्दै आएका छन्। व्यवसायसँगै विभिन्न सामाजिक तथा व्यावसायिक संघ–संस्थामा सक्रिय भूमिका निर्वाह गर्दै आएका शाह इमान्दार, सरल र व्यवसायीहरूको सुख–दुःखमा साथ दिने नेतृत्वका रूपमा परिचित छन्।
यसअघि उद्योग वाणिज्य संघ इटहरीको निर्वाचित सदस्यको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका शाहले आगामी कार्यकालमा व्यवसायीहरूको हकहित, बजार व्यवस्थापन, व्यवसायमैत्री वातावरण निर्माण तथा साना तथा मझौला उद्यमीका समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनी व्यवसायीहरूको आवाजलाई सशक्त रूपमा उठाउने उम्मेदवार भएको भन्दै धेरै व्यवसायीले समर्थन जनाइरहेका छन्।

चुनावी अभियानका क्रममा शाहले सम्पूर्ण उद्योगी तथा व्यवसायीसँग आफूलाई वाणिज्य सदस्य पदमा अत्यधिक मतका साथ विजयी गराइदिन आग्रह गरेका छन्। उनले उद्योग वाणिज्य संघलाई सबै व्यवसायीको साझा संस्थाका रूपमा अझ प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने लक्ष्य रहेको बताएका छन्।
यस्तै, साझा समूहले अध्यक्ष पदका उम्मेदवार नवराज काफ्लेसहित सम्पूर्ण प्यानललाई अत्यधिक बहुमतका साथ विजयी गराउन उद्योगी–व्यवसायीसमक्ष अपिल गरेको छ। समूहले अनुभव, पारदर्शिता, व्यवसायीमैत्री नीति र संस्थागत सुधारलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाउँदै अभियान सञ्चालन गरिरहेको जनाएको छ।
आगामी निर्वाचनमा व्यवसायीहरूको विश्वास जित्दै साझा समूहले उद्योग वाणिज्य संघ इटहरीमा नयाँ ऊर्जा, प्रभावकारी नेतृत्व र व्यवसायीको हितमा केन्द्रित कार्ययोजनासहित अघि बढ्ने विश्वास व्यक्त गरेको छ।
News Desk 0 response मङ्लबार, असार १६, २०८३
सम्बन्धित शीर्षकहरु
-
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





