-
इटहरी । इटहरी उपमहानगरपालिका–१२ खनार स्थित नीलकण्ठ एकेडेमीले नयाँ शैक्षिक सत्रका लागि भर्ना भएका ८३ जना विद्यार्थीलाई स्वागत तथा सम्मान गर्दै वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेको छ।
विद्यालयका प्रिन्सिपल पंकजकुमार शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका–१२ का वडाध्यक्ष भुवनराज पोख्रेल रहेका थिए। कार्यक्रममा बोल्दै उनले नयाँ विद्यार्थीहरूको आगमनले विद्यालयको शैक्षिक वातावरण अझ गुणस्तरीय र प्रतिस्पर्धी बन्ने विश्वास व्यक्त गरे। साथै कक्षा ११ र १२ सञ्चालनका लागि आवश्यक प्रक्रिया तथा वडाबाट हुनुपर्ने सहयोगमा आफू प्रतिबद्ध रहेको बताए ।
उनले शैक्षिक विकासमा विद्यार्थीहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै विद्यालयले दक्ष, सक्षम र अनुशासित जनशक्ति उत्पादनमा थप उत्कृष्टता हासिल गर्नुपर्ने धारणा राखे।
कार्यक्रममा विद्यार्थीहरूले आकर्षक सांस्कृतिक प्रस्तुति तथा नृत्य प्रस्तुत गरेका थिए। त्यसैगरी चर्चित गायक श्रीकृष्ण लुइँटेल ले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दै विद्यार्थी, अभिभावक तथा अतिथिहरूलाई मनोरञ्जन प्रदान गरेका थिए।
सो अवसरमा शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने पीजी कक्षादेखि कक्षा ९ सम्मका विद्यार्थीहरूलाई मेडल, प्रमाणपत्र तथा सम्मानपत्र प्रदान गरिएको थियो।
वि.सं. २०४१ सालमा स्थापना भएको नीलकण्ठ एकेडेमीले गुणस्तरीय शिक्षासँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको छ। विद्यालयका प्रधानाध्यापक शाहका अनुसार यस वर्ष उत्कृष्ट, जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीहरूका लागि करिब १२ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिने बताए ।

विद्यालयले शैक्षिक उत्कृष्टता, अनुशासन, नैतिक शिक्षा तथा अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिँदै आएको जनाएको छ । कार्यक्रमको सञ्चालन शिक्षिका सरस्वती कार्कीले गरेकी थिइन्।
कार्यक्रममा इटहरी उपमहानगरपालिका–१२ का पूर्व वडाध्यक्ष हेमानन्द सुवेदी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संजय चौधरी लगायत अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
विद्यालयमा ५ सय बढी पिजि देखि कक्षा १० सम्म अध्यानरत रहेका छन । विद्यार्थीहरु स्वागत, सम्मान तथा सांस्कृतिक प्रस्तुतिले भरिएको उक्त कार्यक्रमले विद्यार्थी, अभिभावक र शिक्षकबीच आत्मीयता तथा उत्साहको वातावरण सिर्जना गरेको विद्यालयले जनाएको छ।
News Desk 0 response मङ्लबार, असार २, २०८३
सम्बन्धित शीर्षकहरु
-
नीलकण्ठ एकेडेमीद्वारा ८३ नयाँ विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थी सम्मानित
मङ्लबार, असार २, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३

सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ३९५ बालबालिका लाभान्वित हुने
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३ -
सैनिक अस्पताल इटहरीमा आँखा शल्यक्रिया शिविर सम्पन्न, ७१ जनाले पाए नयाँ दृष्टि
शुक्रबार, जेष्ठ २९, २०८३