रोटर्याक्ट क्लब अफ इटहरीद्वारा सशस्त्र प्रहरीलाई २ लाख ५० हजार बराबरको विपद् राहत सामग्री हस्तान्तरण
-
इटहरी । विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले रोटर्याक्ट क्लब अफ इटहरीले सशस्त्र प्रहरी बल नेपाल नं. १ वराहा वाहिनी मुख्यालय, पकलीलाई विभिन्न विपद् ब्यवस्थापन तथा उद्धार सामग्री हस्तान्तरण गरेको छ।
रोटर्याक्ट क्लब अफ इटहरीको आयोजना तथा रोटरी डिस्ट्रिक्ट ३२९२ को सहयोगमा सम्पन्न कार्यक्रममा करिब २ लाख ५० हजार रुपैयाँ बराबरका सामग्रीहरु सशस्त्र प्रहरी बललाई प्रदान गरिएको हो।
कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष रोटर्याक्टर शीतल धितालले गरेका थिए भने सञ्चालन सचिव रोटर्याक्टर जेनिशा सुमनले गरेकी थिइन्। कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. १ वराहा वाहिनीका सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणि पौडेलको प्रमुख अतिथ्यमा भएको थियो ।
कार्यक्रममा विपद् उद्धार तथा व्यवस्थापनका लागि आवश्यक फायर बल, पोर्टेबल मेगाफोन, ड्राइ ब्याग, स्विमिङ बुट, रेस्क्यु थ्रो रोप, लाइफ ब्वाय रिङ, लाइफ ज्याकेट, सेफ्टी हेल्मेट, स्ट्रेचर, वाकीटकी, फायर ,रेनकोट तथा फर्स्ट एड किट लगायतका सामग्री हस्तान्तरण गरिएको थियो।
सामग्री ग्रहण गर्दै सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणि पौडेलले रोटर्याक्ट क्लब अफ इटहरीले गरेको सहयोगलाई प्रशंसनीय र उदाहरणीय कार्यको संज्ञा दिए। उनले यस्ता सामग्रीले विपद्को समयमा उद्धार तथा राहत कार्यलाई थप सहज र प्रभावकारी बनाउने उल्लेख गर्दै सामाजिक उत्तरदायित्व निर्वाहमा युवाहरूको सक्रियता प्रेरणादायी रहेको बताए।
आफ्नो कार्यकालमा यस्तो महत्वपूर्ण सहयोग प्राप्त भएकोमा उनले क्लबप्रति आभार व्यक्त गरे।
क्लबका अध्यक्ष शीतल धितालले हस्तान्तरण गरिएका सामग्रीले विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीहरूको कार्यसम्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा पनि सशस्त्र प्रहरी बलसँग सहकार्य गर्दै सामाजिक सेवा, मानवीय सहायता तथा समुदायमुखी कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता जनाए।
कार्यक्रममा रोटरियन सन्तबहादुर डुम्जन, चेतन धमला, अरुण केसी, रोटरी क्लबका पूर्व अध्यक्ष अनन्त विष्टलगायत रोटरी तथा रोटर्याक्टकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रति युवाहरूको प्रतिबद्धता झल्काउने उक्त कार्यक्रमलाई सहभागीहरूले सकारात्मक पहलका रूपमा प्रशंसा गरेका थिए।
News Desk 0 response सोमवार, असार १, २०८३
सम्बन्धित शीर्षकहरु
-
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३ -
सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ३९५ बालबालिका लाभान्वित हुने
शुक्रबार, जेष्ठ २९, २०८३

शुक्रबार, जेष्ठ २९, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सैनिक अस्पताल इटहरीमा आँखा शल्यक्रिया शिविर सम्पन्न, ७१ जनाले पाए नयाँ दृष्टि
शुक्रबार, जेष्ठ २९, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३ -
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३