-
इटहरी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन सुनसरीको आयोजनामा विद्यालय व्यवस्थापन तथा कक्षा १ देखि ५ सम्मको मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण तथा कार्यशाला कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम इटहरी–४ स्थित दुर्गा पार्टी प्यालेस, आइतबारेमा आयोजित गरिएको थियो ।
कार्यशालामा सुनसरीका विभिन्न स्थानका ११६ वटा निजी विद्यालयका ३०० भन्दा बढी प्रिन्सिपल, कोअर्डिनेटर, संचालक तथा शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमको मुख्य उद्देश्य नयाँ शिक्षा नीति अनुसार प्रारम्भिक तहको मूल्याङ्कन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तथा विद्यालय व्यवस्थापनलाई आधुनिक बनाउने रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका एमफिल विद्वान तथा केयु संकाय एस्पायर कलेजका क्याम्पस प्रमुख एक्सिलेटर सी।एम। बस्नेतले प्रशिक्षण दिएका थिए। उनले “मूल्याङ्कन” विषयमा विस्तृत प्रस्तुति दिँदै कक्षा १ देखि ५ सम्मका विद्यार्थीको सिकाइ उपलब्धिलाई समग्र रूपमा मूल्याङ्कन गर्ने नयाँ विधि, निरन्तर मूल्याङ्कन प्रणाली, विद्यार्थी केन्द्रित शिक्षण र अभिलेखीकरण प्रक्रियाबारे जानकारी दिएका थिए।
उद्घाटन कार्यक्रम प्याब्सन सुनसरीका अध्यक्ष थानेश्वर ढकालको अध्यक्षता तथा प्याब्सन कोशी प्रदेश अध्यक्ष सुमित थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
अध्यक्ष ढकालले हाल लागू भइरहेको नयाँ शिक्षा प्रणालीमा प्रारम्भिक तहको परीक्षा र मूल्याङ्कनलाई व्यवहारिक, सिर्जनात्मक र विद्यार्थीको समग्र विकासमुखी बनाउनुपर्नेमा जोड दिए। उनले विद्यालयहरूले पुरानो रटानमुखी पद्धतिबाट बाहिर निस्केर दक्षता आधारित मूल्याङ्कन अपनाउनुपर्ने बताए ।
News Desk 0 response शनिबार, जेष्ठ ३०, २०८३
त्यस्तै प्रमुख अतिथि प्याब्सन कोशी प्रदेश अध्यक्ष थापाले नेपाल सरकारले शिक्षामा नयाँ नीति ल्याएको सन्दर्भ उल्लेख गर्दै निजी विद्यालयहरूले समयानुकूल शिक्षण पद्धति, प्रविधिमैत्री कक्षा सञ्चालन र गुणस्तरीय व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। उनले “विद्यालयको गुणस्तर शिक्षक, व्यवस्थापन र सही मूल्याङ्कन प्रणालीबाट तय हुन्छ” भन्दै सहभागीलाई सिकाइ उपलब्धिलाई व्यवहारमा लागू गर्न आग्रह गरे।
कार्यक्रममा सहभागीहरूले यस्तो अभिमुखीकरणले विद्यालय सञ्चालन र मूल्याङ्कन प्रक्रियामा स्पष्टता आएको प्रतिक्रिया दिएका छन्। आयोजक प्याब्सन सुनसरीले आगामी दिनमा पनि शिक्षाको गुणस्तर सुधारका लागि यस्ता तालिम र कार्यशाला निरन्तर सञ्चालन गर्ने जनाएको छ।
सम्बन्धित शीर्षकहरु
-
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३ -
सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ३९५ बालबालिका लाभान्वित हुने
शुक्रबार, जेष्ठ २९, २०८३ -
सैनिक अस्पताल इटहरीमा आँखा शल्यक्रिया शिविर सम्पन्न, ७१ जनाले पाए नयाँ दृष्टि
शुक्रबार, जेष्ठ २९, २०८३ -
डिभिजन वन कार्यालय मरिण, कपिलाकोट, सिन्धुलीको अनुरोध
शुक्रबार, जेष्ठ २९, २०८३

पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -