-
बेलबारी । सामुदायिक विकास, सामाजिक उत्तरदायित्व र श्रमको सम्मानलाई व्यवहारमा उतार्दै आएको श्रम संस्कृती पार्टी बेलबारी नगर समितिले आफ्नो २७औँ साप्ताहिक श्रमदान कार्यक्रम अन्तर्गत शनिबार बेलबारी–३ र बेलबारी–८ मा विभिन्न जनहितका कार्य सम्पन्न गरेको छ।
प्रत्येक शनिबार बेलबारी नगर क्षेत्रका सामाजिक तथा सार्वजनिक स्थानमा श्रमदान गर्दै आएको समितिले यसपटक स्थानीयवासीको दैनिक आवतजावतलाई सहज र सुरक्षित बनाउनेदेखि सार्वजनिक स्थलको सौन्दर्यीकरण सम्मका काम गरेको हो।
बेलबारी–८ स्थित आदर्श टोल विकास क्षेत्र अन्तर्गत रहेको राईझार–बयरखोला पुलमा स्थानीय नागरिकलाई आवतजावत गर्न कठिनाइ भइरहेको अवस्थालाई मध्यनजर गर्दै श्रम संस्कृती पार्टीका कार्यकर्ताहरूले पुलको दुवै छेउमा पक्की स्लेप निर्माण गर्नुका साथै सुरक्षा घेरा समेत लगाएका छन्। यस कार्यले विशेषगरी वर्षायाममा हुने जोखिम न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।
त्यसैगरी बेलबारी–३ को मिरमिरे चोकस्थित एक क्लब परिसरमा सरसफाइ, घेराबारा निर्माण तथा सुपारीका बिरुवा रोप्ने कार्य सम्पन्न गरिएको छ। श्रमदानमार्फत सार्वजनिक स्थललाई सफा, हराभरा र व्यवस्थित बनाउने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको श्रम संस्कृती पार्टी बेलबारी नगर समितिका अध्यक्ष पर्वत राईले जानकारी दिए।
उनका अनुसार श्रमदान केवल भौतिक संरचना निर्माण वा सरसफाइमा सीमित नभई समाजमा सहयोग, एकता र जिम्मेवारीको भावना विकास गर्ने अभियान पनि हो।
समुदायको विकासका लागि सबैको सहभागिता आवश्यक छ। श्रमदानले सामाजिक सद्भाव बढाउनुका साथै स्थानीय समस्याको समाधानमा पनि टेवा पु¥याउँछ, उनले बताए।
News Desk 0 response शनिबार, जेष्ठ २३, २०८३
श्रमदान कार्यक्रममा सहभागी प्रतिनिधिहरूले श्रमको सम्मान गर्दै सामूहिक प्रयासबाट समाज परिवर्तन सम्भव रहेको धारणा व्यक्त गरेका थिए। उनीहरूले स्थानीय आवश्यकता पहिचान गरी यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।
श्रम संस्कृती पार्टीले आगामी दिनमा पनि बेलबारीका विभिन्न वडामा पुगेर सरसफाइ, वृक्षारोपण, सार्वजनिक संरचना मर्मत तथा समुदाय केन्द्रित विकासका कार्यलाई निरन्तर अगाडि बढाउने जनाएको छ। श्रमदानको यो अभियान बेलबारीमा सकारात्मक सामाजिक अभियानका रूपमा स्थापित हुँदै गएको स्थानीयवासीको भनाइ छ।
सम्बन्धित शीर्षकहरु
-
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
गणितीय अङ्कमा बनेको अनौठो लोक–आधुनिक गीत सार्वजनिक, चतराको बोराबाँधमा कैद भयो आकर्षक दृश्य
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा धनकुटा लेडी जेसीजद्वारा वृक्षारोपण, ४० बिरुवा रोपियो
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३
-
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा धनकुटा लेडी जेसीजद्वारा वृक्षारोपण, ४० बिरुवा रोपियो
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३ -
विश्व वातावरण दिवसमा इटहरीको हरियाली अभियान ः सरसफाइ, वृक्षरोपण
शुक्रबार, जेष्ठ २२, २०८३
-
ह्विलचेयर बास्केटबलमार्फत समावेशी समाजको सन्देश, इटहरी प्रथम
बुधबार, जेष्ठ २०, २०८३ -
संगीतमार्फत सिकाइ र मानसिक स्वास्थ्य प्रवद्र्धन ः रामधुनीमा म्युजिक थेरापी तालिम सम्पन्न
बुधबार, जेष्ठ २०, २०८३ -
विश्व वातावरण दिवसमा धरान जेसीजको हरियाली अभियान ः ज्येष्ठ नागरिक पार्कमा वृहत् वृक्षारोपण
शुक्रबार, जेष्ठ २२, २०८३ -
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३





