-
धरान । विश्व वातावरण दिवस २०८३ को अवसरमा धरानमा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। धरान जेसीज २०२६ को आयोजना तथा धरान उपमहानगरपालिका वडा नं. १ को विशेष समन्वयमा पृथ्वी चोकस्थित ज्येष्ठ नागरिक पार्क परिसरमा विभिन्न प्रजातिका बिरुवा रोप्दै पार्कलाई हराभरा, आकर्षक तथा वातावरणमैत्री बनाउने अभियान अन्तरगत पार्कमा वृक्षारोपण गरिएको हो ।
कार्यक्रम धरान जेसीज २०२६ का अध्यक्ष सागर प्रसाईको अध्यक्षता तथा वडा नं. १ का अध्यक्ष द्वारिका आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले जलवायु परिवर्तनका बढ्दो चुनौती, तापक्रम वृद्धि तथा वातावरणीय असन्तुलनलाई न्यूनीकरण गर्न वृक्षारोपण प्रभावकारी माध्यम भएको उल्लेख गर्दै यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
धरान जेसीजका अध्यक्ष प्रसाईले सामाजिक उत्तरदायित्वसँगै वातावरण संरक्षणलाई संस्थाको प्रमुख प्राथमिकतामा राखिएको बताउँदै आगामी दिनमा पनि यस्ता रचनात्मक, जनचेतनामूलक तथा वातावरणमैत्री कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिए। उनले स्वच्छ र हरित धरान निर्माणमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।
त्यस्तै धरान जेसीज २०२६ की पब्लिक रिलेसन अफिसर तथा सामाजिक अभियन्ता सुनिता श्रेष्ठले वृक्षारोपण केवल एक दिनको कार्यक्रम नभई भावी पुस्ताका लागि स्वच्छ, सुरक्षित र दिगो वातावरण निर्माण गर्ने दीर्घकालीन अभियान अन्तरगत एक सय पाच वटा विभिन्न प्रजातीका विरुवा रोपिएको बताइन् ।

उनले रोपिएका बिरुवाको संरक्षण, स्याहार–सम्भार तथा नियमित हेरचाहमा सबैको साझा जिम्मेवारी रहने उल्लेख गरिन् ।
News Desk 0 response शुक्रबार, जेष्ठ २२, २०८३
कार्यक्रममा ‘योगदान राष्ट्रको लागि’, युवा स्वरोजगार तालिम केन्द्र, रोटरी क्लब, साइकलिङ धरान, धरान लायन्स क्लब अफ क्यापेबल, नेपाल स्काउट, ज्येष्ठ नागरिक मञ्च, विभिन्न टोल विकास संस्था, वडा प्रतिनिधिहरू तथा अन्य सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
वृक्षारोपण अभियानले वातावरण संरक्षणप्रति नागरिकको चासो र सहभागिता अभिवृद्धि गर्नुका साथै हरित, स्वच्छ र दिगो धरान निर्माणको अभियानलाई थप ऊर्जा प्रदान गरेको सहभागीहरूले बताएका छन्। विश्व वातावरण दिवसको सन्देशलाई व्यवहारमा उतार्दै सम्पन्न कार्यक्रमले वातावरण संरक्षणमा सामूहिक प्रयासको आवश्यकता देखाएको छ ।
सम्बन्धित शीर्षकहरु
-
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३ -
विश्व वातावरण दिवसमा इटहरीको हरियाली अभियान ः सरसफाइ, वृक्षरोपण
शुक्रबार, जेष्ठ २२, २०८३ -
विश्व वातावरण दिवसमा धरान जेसीजको हरियाली अभियान ः ज्येष्ठ नागरिक पार्कमा वृहत् वृक्षारोपण
शुक्रबार, जेष्ठ २२, २०८३ -
संगीतमार्फत सिकाइ र मानसिक स्वास्थ्य प्रवद्र्धन ः रामधुनीमा म्युजिक थेरापी तालिम सम्पन्न
बुधबार, जेष्ठ २०, २०८३

ह्विलचेयर बास्केटबलमार्फत समावेशी समाजको सन्देश, इटहरी प्रथम
बुधबार, जेष्ठ २०, २०८३ -
संगीतमार्फत सिकाइ र मानसिक स्वास्थ्य प्रवद्र्धन ः रामधुनीमा म्युजिक थेरापी तालिम सम्पन्न
बुधबार, जेष्ठ २०, २०८३ -
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३