-
इटहरी । सुनसरीको इटहरीमा साहित्यिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ ।
तालतलैया कला साहित्य सांस्कृतिक समाज, कोशी प्रदेशको आयोजनामा इटहरीको पर्यटकीय क्षेत्र तालतलैयामा कार्यक्रम सम्पन्न भएको हो ।
गणतन्त्र दिवसलाई सिर्जना, कला र संस्कृतिसँग जोड्दै आयोजना गरिएको कार्यक्रममा सुनसरी, मोरङलगायत विभिन्न जिल्लाका साहित्यकार, कलाकार तथा सांस्कृतिककर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा कविता वाचन, गजल प्रस्तुति, गीत–संगीत तथा भजन–कीर्तनमार्फत गणतन्त्रको महत्व, राष्ट्रिय एकता र सामाजिक सद्भावका विषय उजागर गरिएको थियो ।
समाजका अध्यक्ष राजेन्द्र खत्री सुधिरको अध्यक्षता तथा वरिष्ठ साहित्यकार प्रल्हाद कुमार पहरेदारको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा चर्चित कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए ।
गायिका भुमा अधिकारी, करुण राई, गायक भोलामान गुरुङ, दुर्गा पराजुली तथा वरिष्ठ गायक सत्यनारायण चौधरी लगायतले आफ्ना लोकप्रिय गीतमार्फत कार्यक्रमलाई थप आकर्षक बनाएका थिए ।
त्यसैगरी बाल कलाकारहरूले प्रस्तुत गरेको सांस्कृतिक नृत्यले दर्शकको मन जितेको थियो ।
News Desk 0 response शनिबार, जेष्ठ १६, २०८३
समाजका अध्यक्ष एजेन्द्र खत्रीले गणतन्त्रले नेपाली नागरिकलाई अधिकार, स्वतन्त्रता र पहिचान दिलाएको उल्लेख गर्दै कला, साहित्य र संस्कृतिमार्फत समाजमा सकारात्मक चेतना फैलाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।
उनले आगामी दिनमा पनि समाजले साहित्यिक तथा सांस्कृतिक गतिविधिलाई निरन्तरता दिने जानकारी दिए ।
कार्यक्रममा वक्ताहरूले गणतन्त्र स्थापनाका लागि भएका संघर्षको स्मरण गर्दै लोकतान्त्रिक व्यवस्थालाई अझ सुदृढ बनाउन सबै एकजुट हुनुपर्ने बताएका थिए । उनीहरूले कला, साहित्य र संस्कृतिले समाजलाई सचेत बनाउने तथा सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए ।
तालतलैयाको रमणीय वातावरणमा सम्पन्न कार्यक्रमले गणतन्त्र दिवसलाई केवल औपचारिकतामा सीमित नराखी सिर्जना, संस्कृति र सामाजिक एकताको उत्सवका रूपमा मनाइएको सहभागीहरूले बताएका छन् ।
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





