-
इटहरी । महिला उद्यमीहरूको क्षमता अभिवृद्धि गर्दै स्थानीय उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यले आयोजना गरिएको ‘बजार पहुँच तथा विश्लेषण’ सम्बन्धी पाँचदिने तालिम इटहरीमा सम्पन्न भएको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र को आयोजना तथा उद्योग वाणिज्य संघ इटहरीको सहकार्यमा सञ्चालन भएको तालिममा सुनसरीका विभिन्न क्षेत्रका घरेलु तथा साना महिला उद्यमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
जेठ १० गतेदेखि १४ गतेसम्म सञ्चालन भएको तालिममा बजार व्यवस्थापन, उत्पादन प्रवद्र्धन, ग्राहकको आवश्यकता पहिचान, प्रतिस्पर्धात्मक रणनीति तथा बजारीकरणका विविध पक्षबारे व्यवहारिक प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ ।
तालिम समापन कार्यक्रममा जीवन पराजुली को अध्यक्षता तथा नविनराज शर्मा को प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पराजुलीले उद्योग वाणिज्य संघले विशेषगरी घरेलु तथा साना उद्यम सञ्चालन गरिरहेका उद्यमीलाई लक्षित गरी आफ्नो कार्यकालमा एक सयभन्दा बढी तालिम, अन्तरक्रिया तथा व्यवसाय प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिसकेको जानकारी दिए ।
उनले यस्ता कार्यक्रमले स्थानीय उद्यमीलाई व्यवसाय विस्तार, उत्पादनको प्रभावकारी बजारीकरण तथा आत्मनिर्भर बन्न महत्वपूर्ण सहयोग पुग्ने बताए । महिला उद्यमीको क्षमता विकास र स्थानीय उत्पादनको प्रवद्र्धन संघको प्राथमिकतामा रहेको उनको भनाइ थियो ।
प्रमुख अतिथि शर्माले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गर्न सके स्थानीय उद्यमलाई थप मजबुत बनाउन सहयोग पुग्ने उल्लेख गरे । उनले बजारको आवश्यकता अनुसार उत्पादन र व्यवस्थापन गर्न सके महिला उद्यमीले अझ व्यापक अवसर प्राप्त गर्न सक्ने धारणा राखे ।
कार्यक्रम संयोजक तथा संघकी सदस्य मिना ढकाल ले तालिममा सहभागी महिला उद्यमीलाई व्यवसाय सञ्चालन, ग्राहकको आवश्यकता पहिचान, उत्पादनको गुणस्तर सुधार तथा प्रतिस्पर्धात्मक बजार रणनीतिबारे व्यवहारिक जानकारी प्रदान गरिएको बताइन् ।
त्यसैगरी वरिष्ठ अधिकृत प्रशिक्षक गोकुल ओस्ती ले व्यवसाय सफल बनाउन बजार अध्ययन, ग्राहकको रुचि तथा प्रतिस्पर्धात्मक योजनाबारे स्पष्ट बुझाइ आवश्यक रहने बताए । अर्का वरिष्ठ अधिकृत कृष्णराज बजगाईं ले स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न गुणस्तर र प्रभावकारी प्रचारप्रसारमा विशेष ध्यान दिनुपर्ने धारणा राखे ।
News Desk 0 response शुक्रबार, जेष्ठ १५, २०८३
तालिममा सहभागी महिला उद्यमीहरूले कार्यक्रम प्रभावकारी, व्यवहारिक तथा उपलब्धिमूलक रहेको प्रतिक्रिया दिएका थिए ।
-
महिला उद्यमीको क्षमता विकासमा बजार पहुँच तालिम प्रभावकारी
शुक्रबार, जेष्ठ १५, २०८३ -
कोशी प्रदेशमा सडक सुरक्षा र ट्राफिक व्यवस्थापनबारे प्रादेशिक गोष्ठी सम्पन्न
बुधबार, जेष्ठ १३, २०८३ -
सौन्दर्यकला व्यवसायी संघद्वारा वृद्ध आश्रममा सहयोग
बुधबार, जेष्ठ १३, २०८३ -
सर्वोच्चको अन्तरिम आदेशपछि ताप्लेजुङ जिसस प्रमुख लामाको पद कायम
सोमवार, जेष्ठ ११, २०८३ -
नेपाः सहकारीद्वारा आयोजित रक्तदानमा १५८ पिन्ट रगत संकलन
आइतवार, जेष्ठ १०, २०८३

शुक्रबार, जेष्ठ १५, २०८३