-
इटहरी । विश्व आदर्श कलेज मा कक्षा ११ को नयाँ भर्ना अभियान सुरु भएको छ । कलेजले आगामी जेठ ८ गते प्रवेश तथा छात्रवृत्ति परीक्षा सञ्चालन गर्ने जनाएको हो । गुणस्तरीय शिक्षा, आधुनिक प्रविधियुक्त सिकाइ प्रणाली तथा उत्कृष्ट नतिजाका कारण कलेज इटहरीकै उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित हुँदै गएकोे छ ।
विद्यार्थीलाई समयअनुसारको व्यवहारिक तथा प्रविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले कलेजले साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विषयको अध्ययन–अध्यापन गराउदै ,उच्च प्रविधियुक्त कम्प्युटर ल्याब, आधुनिक प्रयोगशालाहरु तथा डिजिटल पुस्तकालयको व्यवस्था कलेजको विशेष आकर्षण बनेको छ ।
साथै विज्ञान, व्यवस्थापन तथा कम्प्युटर शिक्षा,होटल व्यवस्थापन अध्ययन गर्ने विद्यार्थीका लागि आवश्यक सबै शैक्षिक पूर्वाधार तयार गरिएको कलेजले जनाएको छ ।
कलेजले सबैभन्दा बढी छात्रवृत्ति उपलब्ध गराउँदै आएको दाबी गर्दै जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई विशेष प्राथमिकता दिइने जनाएको छ । त्यसैगरी, विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विभिन्न खेलकुद तथा सांगीतिक गतिविधिमा अनुभवी प्रशिक्षकमार्फत प्रशिक्षणसमेत सञ्चालन गरिनेछ ।
News Desk 0 response बुधबार, जेष्ठ ६, २०८३
कलेजका प्राचार्य गणेश कुमार दुलाल ले अनुभवी तथा दक्ष शिक्षक–शिक्षिकामार्फत गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीको शैक्षिक, नैतिक तथा व्यक्तिगत विकासमा विशेष ध्यान दिइँदै आएको बताए । उनका अनुसार फ्याकल्टीहरूले मेहनत, समर्पण र जिम्मेवारीका साथ विद्यार्थीलाई अनुशासित, संस्कारित र सक्षम नागरिक बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए ।
विश्व आदर्श कलेजबाट अध्ययन गरेका विद्यार्थीहरू प्रमुख जिल्ला अधिकारी, सचिव, चिकित्सक, इन्जिनियर लगायत विभिन्न प्रतिष्ठित क्षेत्रमा सफल रहेका छन् । नेपाल मात्र नभई विदेशका विभिन्न विश्वविद्यालय तथा संस्थामा समेत पूर्वविद्यार्थीहरूले उत्कृष्ट सफलता हासिल गरिरहेको कलेजले जनाएको छ ।
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा विद्यालयका नर्सहरूसँग अनलाइन बालयौन दुर्व्यवहार रोकथाम अन्तरक्रिया
बुधबार, जेष्ठ ६, २०८३ -
कक्षा ११ भर्ना खुला : विश्व आदर्श कलेजमा जेठ ८ गते प्रवेश तथा छात्रवृत्ति..
बुधबार, जेष्ठ ६, २०८३ -
चतरामा साहित्यको उत्सव : दोस्रो साहित्यिक जमघट भव्य रूपमा सम्पन्न
सोमवार, जेष्ठ ४, २०८३ -
विश्व आदर्श कलेजमा साइबर कनेक्ट–४’ सम्पन्न, १५ सयभन्दा बढी विद्यार्थी सहभागी
आइतवार, जेष्ठ ३, २०८३
-
इटहरीमा विद्यालयका नर्सहरूसँग अनलाइन बालयौन दुर्व्यवहार रोकथाम अन्तरक्रिया
बुधबार, जेष्ठ ६, २०८३ -
कक्षा ११ भर्ना खुला : विश्व आदर्श कलेजमा जेठ ८ गते प्रवेश तथा छात्रवृत्ति..
बुधबार, जेष्ठ ६, २०८३ -
चतरामा साहित्यको उत्सव : दोस्रो साहित्यिक जमघट भव्य रूपमा सम्पन्न
सोमवार, जेष्ठ ४, २०८३ -
विश्व आदर्श कलेजमा साइबर कनेक्ट–४’ सम्पन्न, १५ सयभन्दा बढी विद्यार्थी सहभागी
आइतवार, जेष्ठ ३, २०८३
-
चतरामा साहित्यको उत्सव : दोस्रो साहित्यिक जमघट भव्य रूपमा सम्पन्न
सोमवार, जेष्ठ ४, २०८३ -
नेतृत्व विकासका लागि विश्व आदर्श एकेडेमीमा वार्षिक विद्यार्थी निर्वाचन
शनिबार, जेष्ठ २, २०८३ -
इटहरीमा मूल्य पारदर्शिताबारे अन्तरक्रिया, एमआरपी कार्यान्वयनका चुनौतीमाथि छलफल
आइतवार, जेष्ठ ३, २०८३ -
विश्व आदर्श कलेजमा साइबर कनेक्ट–४’ सम्पन्न, १५ सयभन्दा बढी विद्यार्थी सहभागी
आइतवार, जेष्ठ ३, २०८३





