-
इटहरी । प्रविधिको तीव्र विकाससँगै साइबर सुरक्षा, कृत्रिम बौद्धिकता (एआई) र डिजिटल नवप्रवर्तनप्रति युवापुस्ताको आकर्षण बढिरहेका बेला इटहरीस्थित विश्व आदर्श कलेजले आयोजना गरेको ‘भिएसी साइबर कनेक्ट– चौथो संस्करण’ भव्य रूपमा सम्पन्न भएको छ ।
दुई दिनसम्म सञ्चालन गरिएको उक्त कार्यक्रममा दुई दिने कार्यक्रममा १५ सय भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
विद्यार्थीहरूलाई सूचना प्रविधिको व्यवहारिक ज्ञानसँग जोड्नुका साथै भविष्यको डिजिटल संसारबारे सचेत गराउने प्रयास गरेको हो ।
नवप्रवर्तन, प्रविधि र भविष्यका नेताहरूलाई जोड्दै” भन्ने मूल नारासहित आयोजना गरिएको कार्यक्रममा एइई दिएका विद्यार्थी,तथा प्रविधिमा रुचि राख्ने युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम कलेज परिसर प्रविधि लगायतका विभिन्न स्टल, प्रयोगात्मक गतिविधि तथा प्रतिस्पर्धात्मक खेलहरूले सहभागीहरूको ध्यान आकर्षित गरेका थियो ।
कार्यक्रममा गेमिङ जोन, स्क्र्याम्बल्ड वर्ड, पासवर्ड स्टिलर, सिटिएफ (क्याप्चर द फ्ल्याग), स्टेगनोग्राफी, डार्क वेब तथा एआई, इमेल सुरक्षा लगायतका विविध प्रविधिमूलक गतिविधि समावेश गरिएको थियो। सहभागीहरूले साइबर सुरक्षा सम्बन्धी जोखिम, डिजिटल सुरक्षाका उपाय तथा आधुनिक प्रविधिको प्रयोगबारे व्यवहारिक रूपमा सिक्ने अवसर पाएका थिए ।
विशेषगरी एआई, ह्याकिङ अवेयरनेस र डिजिटल सुरक्षासम्बन्धी सेसनहरू विद्यार्थीहरूका लागि निकै आकर्षणको केन्द्र बनेका थिए ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले पुस्तकमा सीमित ज्ञानभन्दा फरक अनुभव प्राप्त भएको बताएका थिए। “प्रविधिको वास्तविक प्रयोग, साइबर सुरक्षाको महत्व र डिजिटल संसारका चुनौतीबारे प्रत्यक्ष बुझ्न पायौं,” भन्दै उनीहरूले विश्व आदर्श कलेजले प्रयोगात्मक तथा व्यवहारिक शिक्षामा जोड दिएको प्रतिक्रिया दिएका थिए ।
कलेजका विद्यार्थी सर्कलका अध्यक्ष तथा कार्यक्रम सह–संयोजक जीवन निरौलाले विगत चार वर्षदेखि ‘साइबर कनेक्ट’ कार्यक्रम निरन्तर सञ्चालन हुँदै आएको जानकारी दिँदै यसले विद्यार्थीहरूलाई सिर्जनशील, प्रविधिमैत्री र अनुसन्धानमुखी बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए । उनले कार्यक्रममार्फत विद्यार्थीहरूमा नेतृत्व क्षमता, समस्या समाधान गर्ने सोच तथा नयाँ प्रविधिप्रतिको चासो बढ्दै गएको उल्लेख गरे ।
News Desk 0 response आइतवार, जेष्ठ ३, २०८३
कलेजका प्राचार्य गणेश कुमार दुलालले सूचना प्रविधिको युगमा विद्यार्थीलाई केवल सैद्धान्तिक शिक्षाले मात्र पर्याप्त नहुने बताउँदै यस्ता कार्यक्रमले व्यवहारिक सीप विकासमा ठूलो योगदान पु¥याउने बताए । “हामी विद्यार्थीलाई भविष्यका दक्ष प्रविधि जनशक्ति बनाउन र साइबर सुरक्षा, एआई तथा डिजिटल नवप्रवर्तन आजको आवश्यकता रहेको जानकारी दिए ।
कार्यक्रममा सहभागीहरूलाई विभिन्न रोबोटिक्स प्रविधिबारे जानकारी गराइएको थियो भने प्रविधिमूलक खेल तथा प्रतिस्पर्धामा सहभागी गराई उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको थियो ।
उत्साह, सिकाइ र नवप्रवर्तनले भरिएको ‘भिएससी साइबर कनेक्ट– चौथो संस्करण’ प्रविधिप्रति युवापुस्ताको बढ्दो आकर्षण झल्काउने सफल कार्यक्रमका रूपमा सम्पन्न भएको कलेजले जनाएको छ।
सम्बन्धित शीर्षकहरु
-
विश्व आदर्श कलेजमा साइबर कनेक्ट–४’ सम्पन्न, १५ सयभन्दा बढी विद्यार्थी सहभागी
आइतवार, जेष्ठ ३, २०८३ -
इटहरीमा मूल्य पारदर्शिताबारे अन्तरक्रिया, एमआरपी कार्यान्वयनका चुनौतीमाथि छलफल
आइतवार, जेष्ठ ३, २०८३ -
नेतृत्व विकासका लागि विश्व आदर्श एकेडेमीमा वार्षिक विद्यार्थी निर्वाचन
शनिबार, जेष्ठ २, २०८३ -
मौलिक लोक सङ्गीतमा गङ्गा गौतमको सक्रियता, दुई गीत सार्वजनिक
मङ्लबार, बैशाख २९, २०८३
-
विश्व आदर्श कलेजमा साइबर कनेक्ट–४’ सम्पन्न, १५ सयभन्दा बढी विद्यार्थी सहभागी
आइतवार, जेष्ठ ३, २०८३ -
इटहरीमा मूल्य पारदर्शिताबारे अन्तरक्रिया, एमआरपी कार्यान्वयनका चुनौतीमाथि छलफल
आइतवार, जेष्ठ ३, २०८३ -
नेतृत्व विकासका लागि विश्व आदर्श एकेडेमीमा वार्षिक विद्यार्थी निर्वाचन
शनिबार, जेष्ठ २, २०८३ -
मौलिक लोक सङ्गीतमा गङ्गा गौतमको सक्रियता, दुई गीत सार्वजनिक
मङ्लबार, बैशाख २९, २०८३
-
डीभीएमकी छात्रा शिखा लकान्द्रीले ल्याइन् ४ जीपीए, विद्यालयद्वारा नगदसहित सम्मान
मङ्लबार, बैशाख २९, २०८३ -
मौलिक लोक सङ्गीतमा गङ्गा गौतमको सक्रियता, दुई गीत सार्वजनिक
मङ्लबार, बैशाख २९, २०८३ -
नेतृत्व विकासका लागि विश्व आदर्श एकेडेमीमा वार्षिक विद्यार्थी निर्वाचन
शनिबार, जेष्ठ २, २०८३ -
विश्व आदर्श कलेजमा साइबर कनेक्ट–४’ सम्पन्न, १५ सयभन्दा बढी विद्यार्थी सहभागी
आइतवार, जेष्ठ ३, २०८३





