• इटहरी । नयाँ शैक्षिक सत्र सुरु भएसँगै इटहरीस्थित विश्व आदर्श एकेडेमी मा वार्षिक विद्यार्थी निर्वाचन प्रक्रिया सुरु गरिएको छ । विद्यालयले प्रत्येक वर्ष नयाँ सेसनको सुरुवातसँगै विद्यार्थीहरूबीच नेतृत्व विकास, जिम्मेवारीबोध र लोकतान्त्रिक अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यले निर्वाचन आयोजना गर्दै आएको जनाएको हो ।
    विद्यालयले स्कुल काउन्सिल, डिसिप्लिन कमिटी, स्पोट्र्स विभाग तथा रेड, ब्लु, ग्रिन र येल्लो हाउसका लागि छात्र–छात्रा प्रतिनिधि छनोट गर्न निर्वाचन आयोजना गरेको छ ।
    निर्वाचनमार्फत विभिन्न जिम्मेवारीका लागि २८ जना विद्यार्थी प्रतिनिधि चयन गरिने विद्यालयले जनाएको छ ।
    निर्वाचनमा कक्षा ४ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूले उत्साहपूर्वक मतदान गरेका थिए।

    विद्यालय परिसरमा मतदान केन्द्र निर्माण गरी व्यवस्थित ढंगले मतदान प्रक्रिया सञ्चालन गरिएको थियो। विद्यार्थीहरू लाइनमा बसेर मतदान गर्दै आफ्ना प्रतिनिधि चयनमा सहभागी भएका दृश्यले विद्यालयमा लोकतान्त्रिक अभ्यासको अनुभूति गराएको थियो ।
    ईसीए कोर्डिनेटर फदिन्द्र खड्काका अनुसार कक्षा ७ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूले उम्मेदवार बन्न पाउने व्यवस्था गरिएको बताए । विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध तथा निर्णय क्षमताको विकास गराउने उद्देश्यले निर्वाचन आयोजना गरिएको उनले बताए ।
    निर्वाचन अधिकृत शिक्षक प्रदिप बरुवालले विद्यालय तहदेखि नै लोकतान्त्रिक संस्कार र नेतृत्व विकास आवश्यक रहेकाले यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गरे। “विद्यार्थीहरूलाई जिम्मेवार, अनुशासित र नेतृत्वदायी बनाउन निर्वाचनले महत्वपूर्ण भूमिका खेल्छ, बताए ।
    हाल एकेडेमीमा पीजीदेखि कक्षा १० सम्म करिब १४ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। विद्यालयले पठनपाठनसँगै विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि गायन, नृत्य, योगा, विज्ञान प्रदर्शनी, वक्तृत्वकला तथा विभिन्न खेलकुद गतिविधिलाई निरन्तर प्राथमिकता दिँदै आएको जनाएको छ ।

4565