-
बराहक्षेत्र । मातातीर्थ औँसीको अवसर पारेर नेवाः मिसा पुच इटहरीले सुनसरीको बराहक्षेत्र मन्दिर परिसरमा रहेका माताहरूलाई लक्षित गर्दै सामाजिक सेवा कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाले प्रत्येक वर्ष सामाजिक कार्यक्रम अन्तरगत माताहरूलाई कपडा वितरण गर्नुका साथै मिष्ठान भोजनको व्यवस्था गर्दै सम्मान प्रकट गरेको हो ।
कार्यक्रममा सहभागी माताहरूलाई मायाको प्रतीकस्वरूप कपडा प्रदान गरिनुका साथै सामूहिक भोजन गराइएको थियो ।
धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको मातातीर्थ औँसीमा यस प्रकारको सेवा कार्यले स्थानीय स्तरमा सकारात्मक सन्देश प्रवाह गरेको छ् ।
नेवाः मिसा पुचकी अध्यक्ष कौशल्या श्रेष्ठले मातृत्वको सम्मान र संरक्षणका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका गतिविधि निरन्तर अघि बढाइने जानकारी गराइन् ।
News Desk 0 response शुक्रबार, बैशाख ४, २०८३
उनले समाजमा वृद्ध तथा असहाय माताहरूको अवस्था सुधार्न सबै पक्षले ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन् ।
कार्यक्रममा नेवाः देय् दबुका केन्द्रीय सदस्य सोम बहादुर श्रेष्ठ, नेवाः पुच इटहरीका अध्यक्ष मानकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष कालीदास श्रेष्ठ, सल्लाहकार अमला श्रेष्ठ, सिला श्रेष्ठ, पुष्पा श्रेष्ठ लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
सामाजिक सद्भाव र मानव सेवाको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले स्थानीय समुदायमा सकारात्मक प्रभाव पार्नुका साथै मातृत्वप्रतिको सम्मान अझ मजबुत बनाएको आयोजकको विश्वास छ ।
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





