गुणस्तरीय शिक्षासँगै संस्कारमा जोड दिँदै प्रकाश माविको६१औँ वार्षिकोत्सवमा सम्मान र छात्रवृत्ति वितरण
-
बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र–१० प्रकाशपुरमा अवस्थित प्रकाश माध्यमिक विद्यालयले आफ्नो ६१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ ।
वि.सं. २०२१ सालमा स्थापना भएको यस विद्यालयले दशकौँदेखि स्थानीयस्तरमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको सन्दर्भमा वार्षिकोत्सव कार्यक्रम विशेष उत्साहका साथ मनाइएको हो ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गर्दै दर्शकहरूको मन जितेका थिए ।
साना कक्षादेखि माथिल्ला कक्षा सम्मका विद्यार्थीहरूको सक्रिय सहभागिताले कार्यक्रम अझै जीवन्त र आकर्षक बनेको थियो ।
सोही अवसरमा विभिन्न दाताहरूले स्थापना गरेको स्मृति अक्षयकोषबाट उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको थियो। साथै निर्धन लघुवित्त छात्रवृत्ति पुरस्कार अन्तर्गत अध्ययनमा उत्कृष्ट विद्यार्थीहरूलाई नगद पुरस्कार प्रदान गरिएको विद्यालयले जनाएको छ।
नियमित हाजिरी, अनुशासन र सरसफाइमा उत्कृष्ट हुने नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरी प्रोत्साहन गरिएको थियो।
कार्यक्रममा विद्यालय स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका संस्थापकहरू तथा उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षकहरूलाई सम्मान गरिएको थियो। साथै विद्यालयको स्थापना र विकासमा योगदान पुर्याउने व्यक्तित्वहरूको नाम समेटिएको शिलालेखको अनावरण समेत गरिएको थियो, जसले कार्यक्रमलाई थप ऐतिहासिक बनाएको थियो।
हाल नर्सरीदेखि कक्षा १० सम्म अंग्रेजी माध्यममा पठनपाठन गराउँदै आएको विद्यालयमा कक्षा १२ सम्म अध्ययन हुँदै आएको छ ।
विद्यालयका प्रधानाध्यापक चुडामणि खनालले विद्यलयको प्रतिबेदन प्रस्तुत गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम कार्कीको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख देवेन्द्र बहादुर मल्लको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वक्ताहरूले गुणस्तरीय शिक्षा सँगसँगै नैतिकता र व्यवहारिक सीप विकासमा जोड दिनुपर्ने धारणा राखेका थिए।
प्रमुख अतिथि मल्लले विद्यार्थीहरूलाई केवल परीक्षामा उच्च अंक ल्याउने लक्ष्यमा मात्र सीमित नरही जीवनमा सफल र संस्कारी नागरिक बन्न प्रेरित गरे।
उनले अभिभावकहरूको अपेक्षा स्वाभाविक भए पनि त्यसलाई व्यवहारमा रूपान्तरण गर्न विद्यार्थी स्वयंको मेहनत, अनुशासन र सकारात्मक सोच आवश्यक पर्ने बताए।
त्यसैगरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम कार्कीले विद्यालयलाई वर्तमान अवस्थासम्म ल्याउन शिक्षक, अभिभावक तथा स्थानीय समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै विद्यालयले शैक्षिक गुणस्तर सुधारसँगै प्राविधिक तथा व्यवहारिक शिक्षामा पनि जोड दिँदै आएको र आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने पनी जानकारी गराए ।
कार्यक्रममा बराहक्षेत्र नगरपालिका–१० का वडा अध्यक्ष तेज बहादुर गुरुङ, पूर्व व्यवस्थापन समिति अध्यक्षहरू, अभिभावक, शिक्षक तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमले विद्यालय र अभिभावकबीचको सम्बन्ध थप मजबुत बनाउनुका साथै विद्यार्थीहरूमा उत्साह र प्रेरणा थप्ने विश्वास गरिएको छ।
News Desk 0 response शनिबार, चैत्र २८, २०८२
सम्बन्धित शीर्षकहरु
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३
-
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३





