-
मोरङको रंगेली नगरपालिका–९ फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीमा ३ वटा घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। स्थानीय शान्ति मर्डी, रामे मर्डी र नेपाल हेमरमको टिनको छानो तथा बाँसको टाटीले बनेका भुईँतले घर र एउटा दुईतले घरमा अचानक आगलागी हुँदा ठूलो क्षति पुगेको हो ।
News Desk 0 response मङ्लबार, चैत्र २४, २०८२
आगलागीका कारण घरभित्र रहेका लत्ताकपडा, अन्नपात तथा दैनिक उपभोग्य सामग्रीहरू पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब ३५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। आगलागीको कारण भने खुल्न सकेको छैन र यसबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
आगो लागेको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी, रंगेली नगरपालिकाको दमकल, कानेपोखरी गाउँपालिकाको दमकल तथा स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो ।
समयमै नियन्त्रणमा नलिएको भए थप क्षति हुन सक्ने अवस्था रहेको स्थानीयले बताएका छन ्।
आगलागीबाट प्रभावित परिवार अहिले विचल्लीमा परेका छन् ।
उनीहरूलाई खाद्यान्न, लत्ताकपडा तथा अस्थायी बसोबासका लागि त्रिपालको अत्यन्त आवश्यकता रहेको जनाइएको छ ।
पीडित परिवारलाई सहयोग गर्न विभिन्न संघसंस्था तथा सहयोगी दाताहरूलाई आग्रह गरिएको छ ।
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





