-
सुनसरी । सुनसरीको इनरुवा–७, ग्रीन सिटीमा निर्माण भईरहेको पाथिभरा माता मन्दिरको निर्माण सम्पन्न गर्ने उदेश्यले पाथिभरा माताको मन्दिर व्यवस्थापन समितिद्वारा आयोजित सम्पन्न श्रीमद्भागवत महापुराण धन–धान्याञ्चल सप्ताह तथा धार्मिक ज्ञान महायज्ञको आयव्यय सार्वजनिक गरिएको छ ।
चैत ५ गतेदेखि १३ गतेसम्म सञ्चालन भएको उक्त धार्मिक महायज्ञको समापनपछि आयोजित सार्वजनिक कार्यक्रममा आम्दानी तथा खर्च विवरण प्रस्तुत गरिएको हो ।
कार्यक्रममा आर्थिक संयोजक अविरल (रमेश) घिमिरेले प्रस्तुत गरेको विवरण अनुसार नगद तर्फ १२ लाख ६७ हजार ७२८ रुपैयाँ तथा जिन्सी (वस्तुगत सहयोग) तर्फ ८ लाख ७२ हजार ३३६ रुपैयाँ संकलन भएको छ ।
यसरी कुल आम्दानी २१ लाख ४० हजार ६५ रुपैयाँ पुगेको जनाइएको छ ।
त्यस्तै, महायज्ञ सञ्चालनका क्रममा कुल ७ लाख ३२ हजार ६३० रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरिएको छ। खर्च कटाएर बाँकी रहेको रकम मन्दिरको निर्माण, विकास, संरक्षण तथा आगामी धार्मिक कार्यक्रमहरूमा उपयोग गरिने आर्थिक संयोजक घिमिरे जानकारी दिए ।
आयव्यय सार्वजनिक कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नेत्र प्रसाद चम्लागाईले महायज्ञ सफल पार्न सहयोग गर्ने सम्पूर्ण श्रद्धालु, दाताहरू तथा स्वयंसेवकहरूप्रति आभार व्यक्त गरे। उनले यस्ता धार्मिक तथा सामाजिक कार्यक्रमले समुदायमा एकता, सद्भाव र धार्मिक चेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा पुराणमा सहयोग गर्ने समितिका सदस्यहरुलाई प्रसंसा पत्र प्रदान गरिएको थियो ।
News Desk 0 response मङ्लबार, चैत्र २४, २०८२
कार्यक्रमका प्रमुख अतिथि स्पाइनल इन्जुरी संघ कोशी प्रदेशका महासचिव राजन बराइलीले धार्मिक गतिविधिहरूले समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउने बताउँदै पारदर्शी रूपमा आयव्यय सार्वजनिक गरिएकोमा समितिको प्रशंसा गरे ।
कार्यक्रममा सचिव उमाकान्त चम्लागाईले सञ्चालन गरेका थिए भने कार्यक्रममा नेवा पुच इटहरीकी अध्यक्ष कौशल्या श्रेष्ठ,समाजसेवी रञ्जु सोनी, मन्दिर व्यवस्थापन समितिका पदाअधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





