-
इटहरी । राष्ट्रिय निर्माणको आधार, सुरक्षित ढुवानी समृद्ध व्यापा भन्ने नारासहित इटहरी ढुवानी एजेन्ट व्यवसायी संघको १९ औँ वार्षिक साधारण सभा तथा छैठौँ अधिवेशन उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा आयोजित अधिवेशनले केशब गिरीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा सगेन चौधरी, सचिवमा विवेक घिमिरे, सह–सचिवमा राजन कुमार खत्री र कोषाध्यक्षमा निराग गौतम चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा विक्रम मगर, नवराज भट्टराई, चुइन्द्र बस्नेत र अमृत मानन्धर सर्वसम्मत रूपमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै संघले आगामी कार्यदिशा र योजनालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
कार्यक्रमको खुला सत्र संघका अध्यक्ष चितनारायण चौधरीको अध्यक्षता तथा ढुवानी व्यवसायी महासंघ नेपालको केन्द्रिय अध्यक्ष मधव प्रसाद नेपालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
सो अवसरमा सामाजिक तथा राष्ट्रिय क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै पूर्व भूमिसुधार मन्त्री रामकुमार सुब्बा र पूर्व राष्ट्रिय एथलेटिक्स खेलाडी चन्दनलाल चौधरीलाई अल्लोको इस्टाकोट र ढाका टोपी सहित अभिनन्दन पत्र प्रदान गरी सम्मान गरिएको थियो ।

कार्यक्रममा कार्यवाहक सचिव निराग गौतमले संघले विगत वर्षहरूमा सञ्चालन गरेका गतिविधि, उपलब्धि लगायतका विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रमुख अतिथि मधव प्रसाद नेपालले ढुवानी व्यवसाय मुलुकको आर्थिक मेरुदण्ड भएको बताउँदै व्यवसाय सञ्चालनका क्रममा विभिन्न चुनौतीहरू सामना गर्नुपरे पनि व्यवसायीहरू निरन्तर सक्रिय रहेको बताए। उनले वर्षायाममा सडकमा पानी जम्ने समस्या, इन्धन अभाव, विद्युत् आपूर्तिमा अनियमितता लगायतका कारण ढुवानी क्षेत्र प्रभावित हुँदै आएको उल्लेख गरे ।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले ढुवानी क्षेत्रको सुधारका लागि व्यवस्थित पार्किङको अभाव, कर प्रणालीमा देखिएको मनोमानी, तथा नीतिगत अस्पष्टता जस्ता विषयमा चर्को आलोचना गर्दै सुधारको आवश्यकता औंल्याए ।
उनीहरूले सम्बन्धित निकायले व्यवसायीहरूको समस्या समाधानतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
नवनिर्वाचित अध्यक्ष केशब गिरीले ढुवानी क्षेत्रले देशको आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै व्यवसायीहरूको हकहित संरक्षण, समस्या समाधान तथा ढुवानी क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउने दिशामा प्रतिबद्ध रहने बताए।
इटहरी क्षेत्रमा हाल ५७ वटा ढुवानी व्यवसायीहरू संघमा आवद्ध रहेको जानकारी दिँदै उनले संघलाई अझ सशक्त र व्यवसायीमैत्री बनाउने लक्ष्यका साथ काम गर्ने उल्लेख गरे।

कार्यक्रममा इटहरी उपमहानगर पालिकाकी उपप्रमुख संगीत कुमारी चौधरी ,नागरिक समाज इटहरीका अध्यक्ष आर के राई ,नेपाल ढुवानी ब्यवसायी महा संघ नेपालका वरिष्ठ सल्लाहकार सन्त बहादुर डुम्जन ,इटहरी उपमहानगर पालिका ९ का अध्यक्ष जितेन्द्र थापा,ढुवानी व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष अच्युत खनाल, नेपाल टक यातायात व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष तथा कोशी ट्रक व्यवसायी संघका अध्यक्ष विध्यापती उपाध्यक्ष, ढुवानी व्यवसायी महासंघ नेपालका महासचिव पुष्प राज श्रेष्ठ, ढुवानी व्यवसायी महासंघ नेपालका सचिव धर्म राज पोखेल, नेपाल ट्रक यातायात व्यवसायी महासंघको उपमहासचिव मेघराज सिग्देल लगायतको सहभागिता रहेको थियो ।
News Desk 0 response शनिबार, चैत्र २१, २०८२
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





