-
इटहरी । अहमदिया संघ नेपाल, सुनसरी–मोरङको आयोजनामा निःसहाय बालबालिका सेवा आश्रममा आश्रित बालबालिकाहरूलाई लक्षित गर्दै भोजन वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।
‘सबैलाई माया गरौँ, कसैलाई घृणा नगरौँ’ भन्ने सन्देश सहित आयोजित उक्त कार्यक्रम मार्फत संघले सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतारेको जनाएको छ ।
कार्यक्रममा आश्रममा आश्रित बालबालिकाहरूलाई पौष्टिक तथा स्वादिष्ट भोजन वितरण गरिएको थियो । विशेषगरी बिरयानी र विभिन्न मिठा परिकारहरू समावेश गरी सामूहिक भोजनको गराएको थियो। एकै स्थानमा बसेर भोजन गर्दा बालबालिकाहरू उत्साहित र खुशी देखिएका थिए। आयोजकका अनुसार यस्ता कार्यक्रमले बालबालिकामा अपनत्व र आत्मीयता बढाउन मद्दत पुग्ने विश्वास गरिएको छ।
अहमदिया संघ नेपालका केन्द्रीय उपाध्यक्ष मोहम्मद स्माइलले यस्ता सामाजिक गतिविधिले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै सहयोग र सहकार्यको संस्कार विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

उनले मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए ।

यसैगरी, आश्रमकी संस्थापक सुश्री गीता गौतमले बालबालिकाको हितका लागि गरिएको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता पहलले उनीहरूको मनोबल बढाउने बताइन्।
News Desk 0 response मङ्लबार, चैत्र १७, २०८२
कार्यक्रममा अहमदिया संघ नेपालका केन्द्रिय सदस्य हैदर मियाँ, अहमदिया संघ नेपाल सुनसरी–मोरङ इन्चार्ज सेराज अहमद लगायतको सहभागिता रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





