-
इटहरी । धार्मिक सहिष्णुता, आपसी सद्भाव र सामाजिक एकताको सन्देश दिने उदेश्यले ईद मिलन कार्यक्रम सोमबार इटहरीमा सम्पन्न भएको छ ।
अहमदिया संघ नेपाल (सुनसरी–मोरङ) को आयोजनामा “सबैलाई माया गरौँ, कसैलाई घृणा नगरौँ” भन्ने मूल सन्देशका साथ कार्यक्रम आयोजना गरिएको हो।
इटहरीस्थित गोरखा होटलमा भएको कार्यक्रममा विभिन्न धर्मावलम्बी, सामाजिक अभियन्ता तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
सहभागीहरूले एकअर्काबीच शुभकामना आदानप्रदान गर्दै ईद पर्वको महत्व,सामाजिक सन्देश र धार्मिक सहअस्तित्वबारे विचार व्यक्त गरेका थिए।
कार्यक्रममा वक्ताहरूले पछिल्लो समय समाजमा देखिएको विभाजनको अन्त्य गर्दै प्रेम, सहिष्णुता र एकताको भावना विस्तार गर्न आवश्यक रहेकोमा जोड दिए। उनीहरूले धर्म मानवतालाई जोड्ने सबै समुदायबीच आपसी सम्मान, सहकार्य र समझदारी अपरिहार्य रहेको बताए।
अहमदिया संघ नेपालका केन्द्रीय उपाध्यक्ष मोहम्मद इस्माइल मियाँको अध्यक्षतामा भएको थियो। सो अवसरमा संघले सञ्चालन गर्दै आएका सामाजिक तथा मानवसेवामूलक गतिविधिहरूको झलक प्रस्तुत गरिएको थियो, जसले उपस्थित दर्शकलाई सकारात्मक सन्देश दिएको थियो ।
कार्यक्रममा पूर्व कोशी प्रदेश सांसद सर्वध्वज सावा, धरान उपमहानगर पालिका कार्यवाहक मेयर आइन्द्र विक्रम बेघा, अहमदिया संघ नेपालका सदस्य हैदर मियाँ, अहमदिया संघ नेपाल सुनसरी–मोरङ इन्चार्ज सेराज अहमद, इटहरी इसाई समाजका पास्टर युवराज पुरी, समाजसेवी विनोद देवान, मेघराज पराजुली लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।
News Desk 0 response सोमवार, चैत्र ९, २०८२
समापनमा आयोजकले यस्ता कार्यक्रमले धार्मिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता गतिविधि निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





