-
विराटनगर । आर एस फेसन उद्योग द्वारा सञ्चालन गरिएको १५ दिने गार्मेन्ट (सिलाइ) तालिम विराटनगर ३स्थित उद्योमा सम्पन्न भएको छ ।
News Desk 0 response सोमवार, चैत्र २, २०८२
विराटनगर महानगरपालिका को आर्थिक सहयोग तथा विराट व्यापार संघको आयोजनामा तालिम समापन कार्यक्रममा अन्सु बन्जरा को अध्यक्षता तथा विराटनगर महानगरपालिका ३ का अध्यक्ष बासु बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विराट व्यापार संघका पदाधिकारी तथा सदस्यहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रम संयोजक रमा श्रेष्ठले सञ्चालन गरेको तालिममा रमा भट्टराईले प्रशिक्षकको रूपमा प्रशिक्षण दिएका थिए । १५ दिनसम्म सञ्चालन गरिएको उक्त तालिममा १० जना प्रशिक्षार्थीहरु सहभागी भएका थिए।
तालिमका क्रममा सहभागीलाई गार्मेन्ट तथा सिलाइ सम्बन्धी सीप सिकाइएको थियो। समापन कार्यक्रममा बोल्दै उद्योगकी संचालक ,प्रशिक्षक रमा भट्टराईले तालिमले महिलाहरूलाई आत्मनिर्भर बन्न मद्दत पुग्ने उदेश्यले स्थानिय महिलाहरुलाई सहभागि गराई तालिमको आयोजना गरेको बताइन ।
त्यसैगरी बिनिता दाहाल ले तालिममा सहभागीमध्ये केहीलाई आर एस फेसन उद्योगमा तथा अन्यलाई अर्धा होजियारी उद्योगमा रोजगारीको अवसर प्रदान गरिने जानकारी गराए ।
यसैबीच, विराट व्यापार संघले व्यवसायीहरूका लागि बजेट व्यवस्थापन तथा कर प्रणाली सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम पनि सम्पन्न गरेको जनाएको छ। व्यवसायीलाई आर्थिक व्यवस्थापन र कर सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ।
यस्ता तालिम तथा अभिमुखी कार्यक्रमले स्थानीय युवायुवतीलाई सीपमूलक बनाउँदै स्वरोजगार र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पु¥याउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





