• इटहरी । इटहरी स्थित सी वी आवसिय माध्यमिक विद्यालयले आफ्नो २४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस २०८२ विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ ।
    आइतबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुमा भएको प्रतिभा प्रस्तुत गरेका थिए ।
    विद्यालयमा अध्यनरत पिजि देखि कक्षा १० सम्मका विद्यार्थीहरुले विभिन्न जातिय भेषभुषमा सजिएर नृत्य,गायन,नाटक लगायतका सास्कृतिक प्रस्तुतीहरु प्रर्दशन गरेका थिए ।
    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि देवेन्द्र बहादुर मल्लले विद्यालयले शैक्षिक गुणस्तर, अनुशासन र अतिरिक्त क्रियाकलापलाई समान महत्व दिँदै उत्कृष्ट शैक्षिक वातावरण निर्माण गरेको बताए । उनले विद्यार्थीहरु हुने चन्चलता र भनेको नटेर्ने जस्ता समस्या हुने हुदा त्यस्ता नानी बाबुहरुलाई योगका माध्यम बाट गर्ने विषयमा जानकारी गराएका थिए ।

    त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देशबन्धु कार्कीले विद्यालयको प्रगति अभिभावक, शिक्षक र विद्यार्थीको संयुक्त प्रयासले सम्भव भएको बताए । उनले विद्यालयको शैक्षिक उन्नतिका लागि सबैको सहयोग र विश्वास अत्यन्त महत्वपूर्ण भएको बताउदै आगामी दिनमा अझ प्रविधिमा सुधार गुणस्तरीय शिक्षा, प्रदान गर्दै विद्यालयलाई थप उत्कृष्ट बनाउने लक्ष्य रहेको बताए ।
    विद्यार्थीहरूले गीत, नृत्य, नाटक लगायतका विविध सांस्कृतिक प्रस्तुति दिएका थिए, जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।

    विद्यालयका प्रिन्सिपल खेमराज बास्तोलाले विद्यालयमा शिक्षण सिाकइ संगै अतिरिक्त क्रियाकलाप अन्तरगत विभिन्न खेलकुद,फुड फेस्टिवल,उत्कृष्ट विद्यार्थी पुरस्कृत जस्ता कायृक्रमहरु संचालन गर्दै आएको र हाल पिजि देखि कक्षा १० सम्मका ५ सय विद्याथीृहरु अध्यनरत रहेको जानकारी गराए ।
    कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देशबन्धु कार्कीको अध्यक्षता तथा जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ इनरुवाका प्रमुख देवेन्द्र बहादुर मल्लको प्रमुख आतिथ्यमा भएको थियो ।
    कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष मुकुन्द घिमिरे, विद्यालयका सहायक प्रिन्सिपल कृष्णप्रसाद काफ्ले र श्याम केसी तथा अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

4565