-
इटहरी । सुनसरीको इटहरी–४ स्थित इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा वार्षिक शैक्षिक पुरस्कार वितरण समारोह विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक तथा अतिथिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले नृत्य, गीत, नाटक लगायत विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेका थिए। साना कक्षादेखि माथिल्ला कक्षासम्मका विद्यार्थीहरूले आफ्नो कला र प्रतिभा प्रदर्शन गर्दा कार्यक्रम थप आकर्षक बनेको थियो।
यस अवसरमा शैक्षिक वर्षभर उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको थियो। विद्यालयले हरेक वर्ष अभिभावक दिवसको अवसर पारेर विद्यार्थीहरूको शैक्षिक प्रगति, अनुशासन र अतिरिक्त क्रियाकलापमा देखाएको उत्कृष्टतालाई कदर गर्दै पुरस्कार वितरण गर्ने परम्परा कायम राख्दै आएको छ।
विद्यालय व्यवस्थापनका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूमा अझ राम्रो गर्ने प्रेरणा जागृत गर्नुका साथै अभिभावक र विद्यालयबीचको सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने र उनीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्ता कार्यक्रम नियमित रूपमा आयोजना गरिँदै आएको विद्यालयले जनाएको छ।
कार्यक्रम ज्ञानेन्द्र दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो भने दोर्ण प्रसाद दाहाल प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा संगीत साधना प्रतिष्ठान नेपालका अध्यक्ष प्रदिप कुमार रेग्मी, महासचिव राजु केसी तथा नाट्यकार गोपान देवान लगायत अभिभावक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
News Desk 0 response सोमवार, चैत्र २, २०८२
वि.सं. २०५२ सालमा स्थापना भएको यो निजी विद्यालयमा हाल नर्सरीदेखि कक्षा १० सम्म अध्ययन–अध्यापन सञ्चालन हुँदै आएको छ। गुणस्तरीय शिक्षा, अनुशासन र अतिरिक्त क्रियाकलापलाई समान महत्व दिँदै विद्यालयले स्थानीय स्तरमा शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ।
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





