-
इटहरी । धनकुटा इटहरी सम्पर्क समाजको दीर्घकालीन सपना स्वरूप निर्माण हुन लागेको समाजको आफ्नै भवनको शिलान्यास कार्यक्रम इटहरी उपमहानगरपालिका–२, आयुर्वेदिक टोलस्थित मायाघर नजिकै सम्पन्न भएको छ ।
समुदायको पहिचान, एकता र सहकार्यलाई संस्थागत रूप दिने उद्देश्यले निर्माण थालिएको यो भवनलाई समाजले ऐतिहासिक उपलब्धिका रूपमा लिएको हो ।
निर्माणाधीन भवनको इटहरी उपमहानगरपालिकाका नगर प्रमुख तथा समाजका सल्लाहकार सदस्यले हेमकर्ण पौडेल शिलान्यास गरेका हुन् । भवन निर्माणका लागि इटहरी उपमहानगरपालिकाको नौ लाख रुपैयाँ सहयोगमा काम सुरु गरिएको समाजले जनाएको छ ।
शिलान्यास समारोह समाजका अध्यक्ष देशबन्धु कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले धनकुटेली समुदाय अब अझ संगठित र एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । यो भवन केवल इँटा र सिमेन्टको संरचना होइन, यो हाम्रो साझा पहिचान, आपसी सहकार्य र उज्यालो भविष्यको आधारशिला साबित हुने बताए ।
News Desk 0 response शनिबार, फाल्गुन १६, २०८२
कार्यक्रमकै क्रममा भवन निर्माणका लागि आवश्यक थप रकम जुटाउन समाजमा आबद्ध सदस्यहरू तथा उपस्थित महानुभावहरूले स्वतःस्फूर्त रूपमा सहयोग गर्ने घोषणा गरेका थिए । यस सकारात्मक प्रतिबद्धताले निर्माण कार्य अपेक्षाभन्दा छिट्टै सम्पन्न हुने विश्वास बढाएको समाजका अध्यक्ष कार्कीले बताए । समाजका केन्द्रीय सदस्य खगेन्द्र पौडेल केशबले भवन निर्माणपछि सामाजिक, सांस्कृतिक तथा परोपकारी गतिविधिहरू अझ प्रभावकारी रूपमा सञ्चालन गरिने जानकारी दिए ।
शिलान्यास कार्यक्रममा इटहरी–२ का वडाध्यक्ष माधव कोइराला, जिल्ला होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष तेजबहादुर पुरी, मायाघर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेल, त्रिनेत्र मोक्षधाम निर्माण संयोजक बाबुराम सुवेदी, समाजसेवी फुलराज सुवेदी वर्तमान प्रतिनिधिसभा उम्मेदवार लाल विक्रम थापाको लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।
समाजको आफ्नै भवन निर्माणसँगै धनकुटेली समुदायको एकता र सामाजिक योगदान थप मजबुत हुने विश्वास व्यक्त गरिएको छ ।
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





