-
दुहरी । गुणस्तरीय तथा जीवनोपयोगी शिक्षा प्रदान गर्दै आएको महेन्द्र मेमोरियल एकेडेमी दुहबीको ४४औँ वार्षिक समारोह तथा अभिभावक दिवस सुरु भएको छ ।
शैक्षिक उत्कृष्टताको ४४ वर्ष पूरा गरेको यस एकेडेमीले तीन दिने वार्षिक समारोह तथा अभिभावक दिवसको पहिलो दिन विविध कार्यक्रम सहित सम्पन्न गरेको हो ।
सुनसरी जिल्लामै धेरै विद्यार्थीलाई अध्यापन गराउँदै आएको एकेडेमीले वार्षिकोत्सवका अवसरमा सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण, कक्षा–स्तरगत प्रस्तुति तथा पूर्व–प्राथमिकदेखि माध्यमिक तहसम्मका विद्यार्थीहरूको सिर्जनात्मक प्रदर्शन प्रस्तुत गरेको छ ।
कार्यक्रममा शैक्षिक उपलब्धि, अनुशासन, खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
विद्यालयका प्रिन्सिपल निश्चलराज शाक्यले ४४ वर्ष केवल समयको यात्रा मात्र नभई समर्पण, संघर्ष, विश्वास र सफलताको गौरवशाली इतिहास भएको उल्लेख गर्दै विद्यालय समयानुकूल परिवर्तन हुँदै प्रविधिमैत्री तथा डिजिटल विद्यालयको दिशामा अघि बढिरहेको बताए ।
उनले डिजिटल कक्षा, प्रविधिमा आधारित शिक्षण–सिकाइ, आधुनिक शैक्षिक उपकरण तथा सूचना प्रविधिको प्रभावकारी प्रयोगमार्फत विद्यार्थीहरूलाई केवल परीक्षा उत्तीर्ण गराउने होइन, विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने लक्ष्य विद्यालयले लिएको बताए ।

कार्यक्रममा नर्सरीदेखि कक्षा १ सम्मका सा,साना विद्यार्थीहरूले नृत्य, फेसन शो र स्वागत मन्तव्य प्रस्तुत गर्दै आत्मविश्वास र प्रतिभाको आकर्षक प्रदर्शन गरेका थिए ।
कार्यक्रममा दुहबी नगरपालिका वडा नम्बर ५ की वडा सदस्य मिना श्रेष्ठ, रिना शाक्य, धनबहादुर लिम्बु लगायत अभिभावक तथा स्थानीय समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।
फाल्गुण १० देखि १२ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रमको दोस्रो दिन कक्षा २ देखि कक्षा ६ सम्मका विद्यार्थी र अभिभावकको उपस्थितिमा विभिन्न प्रस्तुति रहने आयोजकले जनाएको छ ।
News Desk 0 response आइतवार, फाल्गुन १०, २०८२
विद्यालयमा नर्सरी देखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई प्रविधि मैत्री शिक्षा तथा अतिरिक्त क्रियाकलापहरु संचालन गर्दै आएको विद्यालयमा गायन शिक्षा समेत सुरु गरेको जानकारी दिएको छ ।
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





