-
काठमाडौँ । पूर्वराजा **ज्ञानेन्द्र शाह**ले मुलुकका गम्भीर राष्ट्रिय समस्याको समाधान नगरी निर्वाचन प्रक्रियामा जानु उपयुक्त नहुने धारणा व्यक्त गर्नुभएको छ। ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत उहाँले वर्तमान अवस्था सामान्य नरहेकाले निर्वाचनअघि राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभयो।
उहाँका अनुसार प्रजातान्त्रिक व्यवस्थामा आवधिक निर्वाचन प्रतिनिधि छनोटको स्वाभाविक प्रक्रिया भए पनि अहिले जनताको मुख्य चाहना समस्या समाधानपछि मात्र निर्वाचनतर्फ जानु रहेको छ। “निर्वाचनपछि फेरि खिचातानी नहोस् भन्नका लागि सबै पक्षबीच समझदारी बनाएर अघि बढ्नु नै सही बाटो हुनेछ,” उहाँले सन्देशमा उल्लेख गर्नुभयो।
पूर्वराजा शाहले अधिकार मात्रै खोज्ने तर कर्तव्य नसम्झिने प्रवृत्ति बढ्नु दुःखद् भएको भन्दै आलोपालो भागबन्डाको सोचभन्दा माथि उठेर मिलेर अघि बढ्न सके मुलुकले नयाँ गति लिन सक्ने बताउनुभयो। उहाँले वर्तमान समयमा देश कसैलाई खुसी पार्न वा बाह्य निर्देशमा चल्न बाध्य भइरहेको अवस्था चिन्ताजनक रहेको उल्लेख गर्दै जनता स्वयं सचेत र जागरुक नभएसम्म प्रजातन्त्र बलियो नहुने धारणा राख्नुभयो।
उहाँका अनुसार अहिले सिंगो देश अन्योल, अस्थिरता र अस्वाभाविक छटपटीको अवस्थामा फसेको छ र यसले मुलुकको अस्तित्वमै संकटको अनुभूति गराइरहेको छ। साथै, विगतमा भएका आन्दोलन र राजनीतिक परिवर्तनले नेपाल र नेपालीलाई वास्तवमै के उपलब्धि दिलायो भन्ने विषयमा गम्भीर आत्मसमीक्षा गर्ने समय आएको पनि उहाँले बताउनुभयो।
News Desk 0 response बुधबार, फाल्गुन ६, २०८२
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





