-
इटहरी । नेपाली भाषा, साहित्य तथा गीत–संगीतको क्षेत्रमा दीर्घकालीन योगदान पु¥याएका स्वर्गीय धरणीधर दाहालको ९९ औँ जन्मजयन्तीको अवसरमा ‘धरणीधर दाहाल स्मृति पुरस्कार’ प्रदान गरिएको छ ।
धरणीधर स्मृति सांस्कृतिक केन्द्र म्याट्रिक्समा आयोजित विशेष कार्यक्रममा संस्कृतिविद डा. भक्त राई र प्रा.डा. ध्रुवेशचन्द्र रेग्मीलाई जनही ५१–५१ हजार नगद तथा ताम्रपत्र सहित सम्मान गरिएको हो ।
कार्यक्रममा स्वर्गीय धरणीधर दाहालको सालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो । कार्यक्रम इटहरी साहित्यिक समूहको आयोजना तथा धरणीधर दाहाल स्मृति प्रतिष्ठानको सह–आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय क्षेत्रीय पूर्वाञ्चल परीक्षा नियन्त्रक कार्यालय, विराटनगरका सह–परीक्षा नियन्त्रक तथा प्रा.डा. गोविन्द गुरागाईंले दुवै स्रष्टालाई सम्मानपत्र प्रदान गर्दै अभिनन्दन गरेका थिए ।
कायृक्रममा प्रमुख अतिथीले धरणीधर दाहालजस्ता स्रष्टाको योगदान भावी पुस्ताका लागि प्रेरणाको स्रोत भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले साहित्यिक चेतना सुदृढ बनाउने विश्वास व्यक्त गरे ।
सम्मानित व्यक्तित्वहरूले आफूहरूलाई प्रदान गरिएको सम्मानले थप जिम्मेवारी र प्रेरणा दिएको भन्दै प्रतिष्ठान परिवारलाई धन्यवाद दिदै नेपाली भाषा, साहित्य र संगीतको क्षेत्रमा रहनेहरुका लागी प्ररणादायीहूने बताएका थिए ।
प्रतिष्ठानका संयोजक ज्ञानेन्द्र दाहालले स्वर्गीय धरणीधर दाहालको जन्मजयन्तीका अवसरमा नेपाली भाषा, साहित्य, कला तथा समाजसेवामा उल्लेखनीय योगदान पु¥याउने देश–विदेशका व्यक्तित्वहरुलाई वि.सं. २०७० सालदेखि निरन्तर पुरस्कार तथा सम्मान प्रदान गर्दै आइरहेको जानकारी दिए। यसले स्रष्टाहरूलाई प्रोत्साहन गर्नुका साथै नेपाली सांस्कृतिक चेतनाको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ थियो ।

धरणीधर स्मृति सांस्कृतिक केन्द्र म्याट्रिक्समा सम्पन्न कार्यक्रम हेमन्त गौतमको अध्यक्षतामा भएको थियो। कार्यक्रममा प्रमुख वक्ता कृष्ण अधिकारीले स्वर्गीय धरणीधर दाहालको साहित्यिक तथा सांस्कृतिक योगदानबारे प्रकाश पारेका थिए।
News Desk 0 response बुधबार, फाल्गुन ६, २०८२
कार्यक्रममा धरणीधर सांस्कृतिक केन्द्र म्याट्रिक्सका अध्यक्ष विक्रम श्री, संगीत साधना प्रतिष्ठानका महासचिव राजु केसी, शिक्षाविद लेखनाथ घिमिरे, प्रदेश सांसद मिना श्रेष्ठ लगायत धरणीधर दाहाल परिवारका सदस्य तथा साहित्यकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन जगदिश सापकोटाले गरेका थिए ।
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





