-
इटहरी । ९०औँ महाशिवरात्री महोत्सव गढी गाउपालिका १ मधेलीमा भव्य रूपमा सम्पन्न भएको छ । महाशिवरात्रीको पावन अवसर पारेर आयोजित यस महोत्सवमा धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक कार्यक्रमहरूको मनमोहक प्रस्तुति गरिएको थियो ।
ब्रह्मकुमारी शिव दर्शन राजयोग प्रशिक्षण केन्द्र कोशी प्रदेशको आयोजनामा भएको कार्यक्रममा
सम्पन्न कार्यक्रमको अध्यक्षता कोशी प्रदेश अध्यक्ष गीता दिदीको अध्यक्षता तथा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीको प्रमुख आतिथ्यमा भएको थियो ।
महोत्सवको उद्देश्यबारे जानकारी दिँदै इटहरी केन्द्रकी सञ्चालिका शारदा दिदीले राजयोग ध्यानमार्फत आत्मिक शान्ति, नैतिक मूल्य र सकारात्मक जीवनशैली विकास गर्नु कार्यक्रमको मूल लक्ष्य रहेको बताइन । कार्यक्रममा शिव ताण्डव नृत्य, धार्मिक नाटक तथा भजन–कीर्तन प्रस्तुत गरिँदा वातावरण भक्तिमय बनेको थियो ।
कार्यक्रमकी अध्यक्ष गीता दिदीले आध्यात्मिक प्रवचन मार्फत आत्मज्ञान, संयम र सेवाभावले समाजलाई सही दिशामा अघि बढाउन सकिने धारणा व्यक्त गरिन ।
प्रमुख अतिथि मन्त्री भीम पराजुलीले धार्मिक तथा आध्यात्मिक संस्थाहरूले समाज रूपान्तरणमा खेलेको भूमिकाको प्रशंसा गर्दै, यदि धार्मिक क्षेत्रका लागि केही योगदान गर्न सकियो भने त्यो उदाहरणीय हुने उल्लेख गर्दै कोशी प्रदेशमै यस्ता आध्यात्मिक केन्द्रहरूको स्थापना र विस्तारले सामाजिक सद्भाव, नैतिकता र शान्ति प्रवद्र्धन हुने विश्वास व्यक्त गरे ।
९०औँ महाशिवरात्री महोत्सवले भक्तजनहरूलाई आध्यात्मिक सन्देश दिनुका साथै धार्मिक–सांस्कृतिक एकताको सशक्त उदाहरण प्रस्तुत गरेको आयोजकले बताएका छन्।

कार्यक्रममा कोशी प्रदेश सभासद रोहित बहादुर कार्की र मीना श्रेष्ठ, इटहरी उपमहानगरपालिकाकी उपप्रमुख सङ्गीता कुमारी चौधरी, नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापति दिनेश भट्टराई, छेठ पर्व समितिका अध्यक्ष मनोज चौधरी लगायत विभिन्न ब्रह्मकुमारी केन्द्रका प्रतिनिधि, समाजसेवी तथा श्रद्धालुहरूको उल्लेख्य सहभागिता रहेको थियो।
News Desk 0 response आइतवार, फाल्गुन ३, २०८२
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





