-
इटहरीमा शनिबार “इटहरी प्रज्ञा संवाद” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। माइतीघर क्याफेमा आयोजित उक्त कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईसँग प्रत्यक्ष संवाद, साहित्यिक विमर्श तथा सृजनात्मक प्रस्तुति गरिएको थियो ।
नेपाल विटको आयोजनामा भएको कार्यक्रममा उपस्थित सबै साहित्यकारहरूले कुलपति राईलाई सामूहिक स्वागत तथा सम्मान गरेका थिए ।
नेपालबिटका अध्यक्ष रामप्रसाद खरेलले कार्यक्रमको उद्देश्य साहित्यिक बहसलाई स्थानीय तहसम्म विस्तार गर्नु र सर्जकहरूबीच सृजनात्मक संवादलाई मजबुत बनाउनु रहेको बताए ।
उनका अनुसार, प्रज्ञा संवादले नयाँ पुस्तालाई साहित्यतर्फ आकर्षित गर्ने विश्वास लिइएको बताए ।
News Desk 0 response आइतवार, फाल्गुन ३, २०८२
कार्यक्रममा साहित्यकार गोपाल देवान, केसु विरही, विनोद घिमिरे, प्रदेश सभा सदस्य मिना श्रेष्ठ तथा लोकदोहोरी गायिका गंगा गौतमलगायतले कविता वाचन गर्दै श्रोतामाझ साहित्यिक रस पस्किएका थिए । कविता, विचार र सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप जीवन्त बनाएको सहभागीहरूको भनाइ थियो ।
कार्यक्रममा धरान, बेलबारील गायत आसपासका क्षेत्रबाट आएका साहित्यकारहरूको उल्लेख्य सहभागिताले कार्यक्रमको क्षेत्रीय पहुँच र प्रभावलाई प्रस्ट पारेको थियो ।
साथै, शिक्षण संस्थाका प्रतिनिधिहरूको उपस्थितिले साहित्य र शिक्षाबीचको सहकार्यलाई पनि उजागर ग¥यो ।
कार्यक्रममा विश्वआदर्श कलेजका अध्यक्ष लेखनाथ घिमिरे,सुष्मा गोदावरी कलेजका प्राचार्य बोधराज नेपाल तथा साहित्यकारहरू कृष्ण अधिकारी, कृष्ण विनोद लम्साल लगायतको सहभागिता रहेको थियो ।
इटहरी प्रज्ञा संवादले साहित्यिक चेतना अभिवृद्धि गर्दै सर्जक, बौद्धिक र शैक्षिक समुदायबीच सशक्त संवादको वातावरण सिर्जना गरेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





