• इटहरी । शिक्षा र सिपलाई संगसंगै अघि बढाउँदै विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउँदै आएको सुनसरीको इटहरी उपमहानगरपालिका–२० मा अवस्थित किड्स ह्याप्पी होम ले आफ्नो १४औँ अभिभावक दिवस तथा पाँचौँ दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ ।
    प्ले ग्रुपदेखि कक्षा ५ सम्म अध्ययन अध्यापन गराउँदै आएको किड्स ह्याप्पी होमको उक्त कार्यक्रममा शिक्षा विशेषज्ञ तथा काठमाडौं विश्वविद्यालयकी संकाय सदस्य डा. मीनाक्षी दाहाल प्रमुख अतिथ्यमा भएको कार्यक्रममा कक्षा ५ उत्तीर्ण गरी अन्य शैक्षिक संस्थामा अध्ययनका लागि जाने १४ जना विद्यार्थीहरूलाई दीक्षित गरी विदाइ गरिएको थियो ।
    प्रमुख अतिथि दाहालले अभिभावक र विद्यालयबीचको सहकार्यले विद्यार्थीहरूको सिकाइ प्रक्रिया सहज र प्रभावकारी हुने उल्लेख गर्दै बालबालिकाको सर्वाङ्गीण विकासका लागि घर–विद्यालय साझेदारी अनिवार्य रहेको बताइन् ।

    उनले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सीप र जीवनोपयोगी शिक्षामा जोड दिनुपर्ने धारणा राखिन् ।
    कार्यक्रममा विद्यालयकी प्रिन्सिपल रिता भुषाल ले विद्यालयले बालबालिकालाई हेल्दी फुड उपलब्ध गराउँदै आएको र नियमित रूपमा विभिन्न अतिरिक्त क्रियाकलाप, खेलकुद तथा सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइन ्।

    कमजोर विद्यार्थीहरूलाई लक्षित गरी अतिरिक्त शैक्षिक तथा व्यवहारिक अभ्यास गराइ प्रतिभावान बनाउने दिशामा विद्यालय निरन्तर अग्रसर रहेको पनी बताइन ।
    वार्षिक कार्यक्रम अन्तर्ग विद्यालय व्यवस्थापन समिति अध्यक्ष मणिराम श्रेष्ठ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा विशेषज्ञ तथा प्रशिक्षक पूजा पन्त, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अमर खड्का, किड्स ह्याप्पी होमका सञ्चालक सुनिल भुषाल लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

    हाल किड्स ह्याप्पी होममा प्ले ग्रुपदेखि कक्षा ५ सम्म करिब २०० विद्यार्थीहरू अध्ययनरत रहेका छन्।

4565