-
इटहरी । महिलाहरुको मिडिया क्षेत्रमा सशक्त सहभागिता बढाउँदै क्षमता अभिवृद्धि र नेतृत्व विकास गर्ने उद्देश्यले एकदिने मल्टिमिडिया तालिम इटहरीमा सम्पन्न भएको छ ।
इन्टुरिष्ट प्यालेसमा आयोजित कार्यक्रम नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज) कोशी प्रदेश–१ समिति र सुनसरी जिल्ला समितिको संयुक्त आयोजनामा सम्पन्न उक्त तालिममा २० जनाभन्दा बढी महिला पत्रकार तथा मिडिया क्षेत्रमा रुचि राख्ने महिलाहरुको उत्साहजनक सहभागिता रहेको थियो।
तालिमका प्रशिक्षक नानो खबरका सञ्चालक तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य भीषण राईले मल्टिमिडिया पत्रकारिताका समसामयिक अभ्यासबारे प्रशिक्षण दिएका थिए। उनले डिजिटल युगमा पत्रकारिताको बदलिँदो स्वरूप, समाचार लेखन, फोटो तथा भिडियो प्रयोग, अनलाइन मिडियाको प्रभाव, सामाजिक सञ्जालमार्फत समाचार प्रवाह र सामग्रीको विश्वसनीयताबारे सैद्धान्तिक तथा व्यावहारिक जानकारी दिएका थिए। महिलाहरु प्रविधिमैत्री बन्न सके मिडिया क्षेत्रमा नेतृत्वदायी भूमिकामा पुग्न सक्ने उनको भनाइ थियो ।
आयोजकका अनुसार तालिमको मुख्य उद्देश्य महिलाहरुलाई मिडिया क्षेत्रबारे व्यवहारिक ज्ञान प्रदान गर्दै दक्ष, आत्मनिर्भर र नेतृत्व क्षमतायुक्त महिला पत्रकार उत्पादन गर्न तालिमले सहभागी महिलाहरुमा आत्मविश्वास बढाउनुका साथै उनीहरुलाई मिडिया क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गरेको फोनिज कोशी प्रदेशकी उपाध्यक्ष सुप्रिया राईले बताइन ।
News Desk 0 response आइतवार, माघ २५, २०८२
कार्यक्रमको सभापतित्व नेपाल आदिवासी पत्रकार महासंघ फोनिज कोशी प्रदेश–१ का सभापति विजय लावतीले गरेका थिए। उनले महिलाहरुको क्षमता अभिवृद्धि बिना समावेशी र सन्तुलित पत्रकारिता सम्भव नहुने उल्लेख गरे। तालिम कार्यक्रम इटहरी उपमहानगरपालिकाको सहयोगमा सम्पन्न भएको हो ।
कार्यक्रमकी प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी महासचिव हेमा चेम्जोङले महिलाहरुको आवाज मिडियामा बलियो बनाउन यस्ता तालिम निरन्तर आवश्यक रहेको बताइन्। कार्यक्रममा कोशी प्रदेश सांसद मिना श्रेष्ठ तथा नेपाली कांग्रेसका युवा नेता सिजन गुरुङ, नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष अर्जुन सुवेदी, सञ्चारिका समूह सुनसरीकी अध्यक्ष रञ्जना पौडेल, डब्लुडब्लुजे सुनसरीकी अध्यक्ष मनिता चाम्लिङ लगायतको सहभागिता रहेको थियो।
सम्बन्धित शीर्षकहरु
-
विद्यार्थीको सांस्कृतिक प्रस्तुतीसँगै सी वी आवासीय विद्यालयको वार्षिकोत्सव सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
पिसजोन आवासीय माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
जनकल्याण मावि धनकुटाको ६५ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र व्यक्तित्व सम्मान
शुक्रबार, फाल्गुन २९, २०८२ -
नयाँ सरकार्संग जनताको आशा , सरकारको जिम्मेवारी ।
शुक्रबार, फाल्गुन २९, २०८२

नेवाः पुच, मिसा पुच र ल्याम्ह पुचको संयुक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन
बुधबार, फाल्गुन २७, २०८२
-
नेवाः पुच, मिसा पुच र ल्याम्ह पुचको संयुक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन
बुधबार, फाल्गुन २७, २०८२ -
जनकल्याण मावि धनकुटाको ६५ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र व्यक्तित्व सम्मान
शुक्रबार, फाल्गुन २९, २०८२ -
नयाँ सरकार्संग जनताको आशा , सरकारको जिम्मेवारी ।
शुक्रबार, फाल्गुन २९, २०८२ -
इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
पिसजोन आवासीय माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सोमवार, चैत्र २, २०८२