-
विराटनगर । मोरङ कारागारमा इन्चार्जको जिम्मेवारी सम्हालेको पहिलो दिनमै सशस्त्र प्रहरी निरीक्षक तारानाथ गौतमले अनुशासन र सुरक्षामा कुनै सम्झौता नहुने कडा सन्देश दिएका छन्। जिम्मेवारी सम्हालेको केही घण्टामै कारागारभित्र लागुऔषध भित्र्याउने प्रयास विफल पारिँदा सुरक्षा व्यवस्थामा नयाँ कठोरता देखिएको छ ।
माघ २२ गते बिहीबार साँझ करिब ५ बजेतिर बाल सुधार गृहमा भेटघाटका लागि आएका एक युवकको गतिविधि शंकास्पद देखिएपछि सशस्त्र प्रहरीले नियमित चेकजाँचलाई थप कडाइका साथ अघि बढाएको थियो। सो क्रममा उर्लाबारी नगरपालिका–७ निवासी १९ वर्षीय विष्णु पौदारको शरीर तथा कपडाको गोजीबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध बरामद गरिएको हो।
सशस्त्र प्रहरी निरीक्षक गौतमको नेतृत्वमा कारागारको मुख्य गेटमा खटिएको टोलीले पौदारको पाइन्ट र ज्याकेटको गोजीबाट २५० गोटा सेतो ट्याब्लेट, २६६ गोटा हरियो क्याप्सुल, नगद १५ हजार ६ सय रुपैयाँ, दुई थान मोबाइल फोन र एक थान अतिरिक्त सिम कार्ड बरामद गरेको जनाएको छ ।
News Desk 0 response शुक्रबार, माघ २३, २०८२
प्रारम्भिक अनुसन्धान अनुसार पौदार बाल सुधार गृहमा रहेका विवेक पराजुलीलाई भेट्न आएको बहानामा लागुऔषध भित्र्याउन खोज्दै आएको खुलेको छ। पक्राउ परेका युवकलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको सशस्त्र प्रहरी निरीक्षक गौतमले जनकारी दिए ।
कारागारभित्र बढ्दै गएको लागुऔषधको जोखिम नियन्त्रणतर्फ पहिलो दिनमै ठोस कदम चालिनुलाई सुरक्षा निकायले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । यस घटनाले कारागारभित्र अनुशासन, सुरक्षा र कानुन कार्यान्वयनमा अब झनै कडाइ हुने संकेत गरेको छ ।
सम्बन्धित शीर्षकहरु
-
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३ -
प्रिमियम डिजाइन र नयाँ फिचरसहित गोवन क्लासिक ३५० सार्वजनिक
बुधबार, बैशाख २, २०८३ -
अहमदिया संघ नेपालद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
बुधबार, बैशाख २, २०८३
-
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३ -
प्रिमियम डिजाइन र नयाँ फिचरसहित गोवन क्लासिक ३५० सार्वजनिक
बुधबार, बैशाख २, २०८३ -
अहमदिया संघ नेपालद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
बुधबार, बैशाख २, २०८३
-
इन्टरनेट सेवा प्रदायकका लागि बाल यौन दुरुपयोग रोकथामसम्बन्धी अन्तरक्रिया सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
एपाक आईपीभी–६ काउन्सिल बैठक सम्पन्न, डिजिटल पूर्वाधार सुदृढीकरणमा नयाँ गति
आइतवार, चैत्र २९, २०८२ -
हिल भ्यु एकेडेमीको १७औँ अभिभावक दिवस,पुरस्कार वितरण र नतिजा प्रकाशन कार्यक्रम सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
प्रिमियम डिजाइन र नयाँ फिचरसहित गोवन क्लासिक ३५० सार्वजनिक
बुधबार, बैशाख २, २०८३





