-
धरान । नेपाल राष्ट्रिय संयुक्त निवृत्त कर्मचारी संघ केन्द्रीयको प्रथम राष्ट्रिय भेला, मित्र–मिलन तथा बनभोज कार्यक्रम धरानस्थित लांघाली सामुदायिक वनमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम नेपाल राष्ट्रिय निवृत्त कर्मचारी संघ केन्द्रीय अध्यक्ष मछिन्द्र तामाङको अध्यक्षतामा तथा पूर्व प्रमुख सेनानी ध्रुव दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रमका संयोजक हेमलाल भट्ट रहेका थिए।
देशभरका विभिन्न जिल्लाबाट संघमा आवद्ध करिब ५०० जना सेवानिवृत्त कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा तेह्रथुमबाट रामचन्द्र भट्टराई, ताप्लेजुङबाट भीमप्रसाद गुरागाईं, काठमाडौँबाट जनक बस्नेत, तथा शंकरप्रसाद खनाल लगायतको सक्रिय उपस्थिति रहेको थियो।
राष्ट्रिय भेलामा संघका आगामी योजना, सदस्य विस्तार, संगठन सुदृढीकरण तथा सेवानिवृत्त कर्मचारीहरूको हक–हित र सामाजिक सुरक्षाका विषयमा विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा उपस्थित अतिथिहरूले संघले गर्दै आएको योगदानको प्रशंसा गर्दै निरन्तर प्रगतिको कामना व्यक्त गरे।

कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउँदै इटहरी कार्यसमितिका अध्यक्ष कृष्ण नेपालले कविता वाचन गरेका थिए भने उपाध्यक्ष देविमाया पौडेलले मगर भाषाको गीत प्रस्तुत गरिन्। त्यस्तै, गायिका अम्बिका दवाडीसहित अन्य कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गरी वातावरणलाई उल्लासमय बनाएका थिए।
कार्यक्रममा संघका महासचिव कुमार श्रेष्ठले संघको गतिविधि प्रतिवेदन प्रस्तुत गरे भने अध्यक्ष मछिन्द्र तामाङले चालु आर्थिक वर्षको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संघका केन्द्रीय सदस्य राजु गौतमले राष्ट्रिय भेलाले सेवानिवृत्त कर्मचारीहरूबीच आपसी एकता, अनुभव आदान–प्रदान र संगठनप्रतिको अपनत्व बढाउन महत्वपूर्ण भूमिका खेलेको बताए । उनले भेलामा प्राप्त सुझावहरूलाई केन्द्रिय कार्यसमितिमा छलफल गरी संघको आगामी नीति तथा कार्यक्रम निर्माणमा समेटिने जानकारी दिए ।
कार्यक्रममा इटहरी उपमहानगरपालिकाका विभिन्न वडाध्यक्षहरू तथा धरान उपमहानगरपालिकाका जनप्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।भेलाले सेवानिवृत्त कर्मचारीहरूबीच आपसी सद्भाव, एकता र संगठनात्मक मजबुतीलाई थप बल पुगेको सहभागीहरूको धारणा रहेको थियो।
News Desk 0 response आइतवार, माघ १८, २०८२
सम्बन्धित शीर्षकहरु
-
विद्यार्थीको सांस्कृतिक प्रस्तुतीसँगै सी वी आवासीय विद्यालयको वार्षिकोत्सव सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
पिसजोन आवासीय माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
जनकल्याण मावि धनकुटाको ६५ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र व्यक्तित्व सम्मान
शुक्रबार, फाल्गुन २९, २०८२ -
नयाँ सरकार्संग जनताको आशा , सरकारको जिम्मेवारी ।
शुक्रबार, फाल्गुन २९, २०८२

नेवाः पुच, मिसा पुच र ल्याम्ह पुचको संयुक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन
बुधबार, फाल्गुन २७, २०८२
-
नेवाः पुच, मिसा पुच र ल्याम्ह पुचको संयुक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन
बुधबार, फाल्गुन २७, २०८२ -
जनकल्याण मावि धनकुटाको ६५ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र व्यक्तित्व सम्मान
शुक्रबार, फाल्गुन २९, २०८२ -
नयाँ सरकार्संग जनताको आशा , सरकारको जिम्मेवारी ।
शुक्रबार, फाल्गुन २९, २०८२ -
इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
पिसजोन आवासीय माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सोमवार, चैत्र २, २०८२