-
इटहरी । कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले इटहरीस्थित श्रीकृष्ण प्रणामी मन्दिर मुक्तीधाम तथा मंगल राधिका सदानन्द प्रणामी (एमआरएस) अस्पतालको स्थलगत अवलोकन गरेका छन्। केही महिनादेखि बन्द अवस्थामा रहेको अस्पताललाई पुनः सञ्चालन गर्ने तयारी भइरहेका बेला मन्त्री लिम्बुले अस्पतालको समग्र अवस्था, भौतिक संरचना तथा उपलब्ध स्वास्थ्य उपकरणहरूको निरीक्षण गरेका हुन्।
अवलोकनका क्रममा मन्त्री लिम्बुले अस्पताल परिसर, उपचार कक्ष, शैयाको अवस्था, आवश्यक इकुपमेन्ट तथा सेवा प्रवाहको सम्भावनाबारे जानकारी लिएका थिए।

उनले अहिलेसम्म अस्पताल सञ्चालन र पूर्वाधार विकासमा प्रणामी समाजले गरेको योगदान अत्यन्तै सराहनीय रहेको उल्लेख गर्दै राज्यको तर्फबाट अझ प्रभावकारी भूमिका आवश्यक रहेको बताए। प्रदेशभरिका नागरिकलाई सेवा दिने उद्देश्यले सञ्चालन हुन लागेको अस्पताल भएकाले प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
अवलोकनपछि बोल्दै मन्त्री लिम्बुले स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकता भएकाले धार्मिक तथा सामाजिक संस्थाबाट अघि सारिएका यस्ता अभियानमा सरकारले सहकार्य गर्नुपर्ने धारणा राखे। अस्पताल सञ्चालनमा आएपछि इटहरीसहित आसपासका क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास व्यक्त गरे।

त्यस अवसरमा एमआरएस अस्पताल निर्माण समितिका अध्यक्ष हेमप्रसाद घिमिरेले बन्द अवस्थामा रहेको अस्पताललाई पुनः सञ्चालनमा ल्याउने अभियान अन्तिम चरणमा पुगेको जानकारी दिए। उनले यही माघ १९ गते कलश शोभायात्रासहित मानव कल्याण आरोग्य ज्ञानमहायज्ञको शुभारम्भ गरिने र माघ २० गतेदेखि श्रीमद्भागवत कृष्णकथासँगै अस्पताल औपचारिक रूपमा सञ्चालनमा ल्याइने बताए। धार्मिक पर्यटनको प्रवर्द्धन गर्दै स्वास्थ्य सेवासँग जोडिएको यस अभियानमार्फत एक सय शैयाको अस्पताल निर्माणका लागि सहयोग संकलन गरिने उनको भनाइ छ।
घिमिरेले कोशी प्रदेशका मन्त्रीहरूलाई अस्पताल र मुक्तीधाम परिसरको अवलोकन गराउँदै सकारात्मक वातावरण बनेको र सरकारबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे। कार्यक्रममा सहभागी मन्त्रीहरूले समेत स्वास्थ्य र सामाजिक सेवाको संयोजन उदाहरणीय रहेको प्रतिक्रिया दिएका थिए।

अवलोकनका क्रममा मन्त्री लिम्बुले मुक्तीधाम अन्तर्गतको मन्दिर, संग्रहालय (म्युजियम) तथा ज्येष्ठ नागरिक आवासको पनि निरीक्षण गर्दै समिति पदाधिकारीहरूसँग छलफल गरेका थिए।
मानव कल्याण आरोग्य ज्ञानमहायज्ञ मूल समारोह समितिको आयोजनामा हुन लागेको मानव कल्याण आरोग्य ज्ञानमहायज्ञ २०८२ अन्तर्गत माघ १९ गते कलश शोभायात्रा र माघ २० गतेदेखि २८ गतेसम्म श्रीमद्भागवत कृष्णकथा सञ्चालन हुने आयोजकले जानकारी दिएको छ। धार्मिक, सामाजिक र स्वास्थ्य सेवाको संयोजनमार्फत समुदायलाई लाभ पुर्याउने लक्ष्य आयोजकको रहेको छ।
News Desk 0 response शनिबार, माघ १७, २०८२
सम्बन्धित शीर्षकहरु
-
विद्यार्थीको सांस्कृतिक प्रस्तुतीसँगै सी वी आवासीय विद्यालयको वार्षिकोत्सव सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
पिसजोन आवासीय माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
जनकल्याण मावि धनकुटाको ६५ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र व्यक्तित्व सम्मान
शुक्रबार, फाल्गुन २९, २०८२ -
नयाँ सरकार्संग जनताको आशा , सरकारको जिम्मेवारी ।
शुक्रबार, फाल्गुन २९, २०८२

नेवाः पुच, मिसा पुच र ल्याम्ह पुचको संयुक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन
बुधबार, फाल्गुन २७, २०८२
-
नेवाः पुच, मिसा पुच र ल्याम्ह पुचको संयुक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन
बुधबार, फाल्गुन २७, २०८२ -
जनकल्याण मावि धनकुटाको ६५ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र व्यक्तित्व सम्मान
शुक्रबार, फाल्गुन २९, २०८२ -
नयाँ सरकार्संग जनताको आशा , सरकारको जिम्मेवारी ।
शुक्रबार, फाल्गुन २९, २०८२ -
इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
पिसजोन आवासीय माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सोमवार, चैत्र २, २०८२