-
इटहरी । इटहरी लेडी जेसीज तथा इटहरी लेडी जुनियर जेसीजको पदस्थापन समारोह इटहरीमा सम्पन्न भएको छ ।
जेसीज नेपालको मूल नारा लाई आत्मसात् गर्दै आयोजना गरिएको कार्यक्रममा इटहरी लेडी जेसीजको २४औँ तथा इटहरी लेडी जुनियर जेसीजको दोस्रो पदस्थापन समारोह एकैसाथ सम्पन्न भएको हो ।
इटहरी–४ स्थित दुर्गा पार्टी प्यालेसमा आयोजित समारोहमा इटहरी लेडी जेसीज वर्ष २०२६ की अध्यक्ष यमुना बुढाथोकी तथा इटहरी लेडी जुनियर जेसीज वर्ष २०२६ की अध्यक्ष दिव्या दाहाललाई औपचारिक रूपमा पद तथा गोपनीयताको शपथ गराइयो ।
कार्यक्रममा निवर्तमान अध्यक्षहरू जेसी लक्ष्मी बराल र जेआरजेसी अभाग्या पौडेलले आ–आफ्नो कार्यकालका अनुभव प्रस्तुत गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिदै पदहस्तान्तरण गरेका थिए ।
नव निर्वाचित कार्यसमितिमा इटहरी लेडी जेसीजको कार्यकारिणी उपाध्यक्षमा तारा दुलाल र प्रकृति चौलागाई, उपाध्यक्षहरूमा उषा पौडेल, निर्मला नेपाल, निशा पौडेल र सुस्मिता कार्की तथा सचिवमा शुषमा ढकाल रहेका छन् । पदस्थापनसँगै सम्पूर्ण पदाधिकारीहरूले संस्थाको विधि, विधान र उद्देश्यअनुसार काम गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष यमुना बुढाथोकीले महिला नेतृत्व विकास, सामाजिक सेवा, उद्यमशीलता प्रवद्र्धन तथा युवती सशक्तीकरणलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरिने बताइन् । उनले इटहरी लेडी जेसीजलाई अझ सक्रिय, उत्तरदायी र परिणाममुखी संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।
सोही अवसरमा पुर्व अध्यक्षहरुका आफन्तको स्मृतीमा स्थापना गरेको अवार्ड वितरण गरिएको थियो ।
२०१२ की अध्यक्ष बालिका खड्का भट्टराईले ससुरा बुवाको नाममा स्थापना गरेको स्वर्गिय नारायण बहादुर भट्टराई स्मृती अवार्ड बाट जेसिजकी उकृष्ट पदाधिकारी रुविना थापालाई सम्मान पत्रले सम्मानित गरिएको छ ।
त्यस्तै २००९ की अध्यक्ष उर्मिला कट्वालले स्थापना गरेको स्वर्गिय आमा चन्द्रमाया कट्वालको स्मृतीमा जेष्ठ आमा तथा सासु आमा अवार्ड बाट हालकी अध्यक्ष यामुना बुढाथोकीकी सासु आमा शिवमाया बुढाथोकीलाई सम्मान पत्रले सम्मान गरेको छ भने अन्य ११ जना लाई पनी अवार्ड वितरण गरिएको छ ।
पदस्थापन कार्यक्रम लक्ष्मी बरालको अध्यक्षता तथा इटहरी उपमहानगर पालिकाका नगर प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा इटहरी जेसिजका अध्यक्ष मिसन पराजुली,नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष दिनेश कुमार भट्टराई, विश्वआदर्श कलेजका अध्यक्ष लेखनाथ घिमिरे इटहरी लेड जेसिजका पुर्व अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।
News Desk 0 response बुधबार, माघ १४, २०८२
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





