-
इटहरी । विद्यार्थीहरुलाई मौलिक्ता कला सँस्कृती भाष सहितको शिक्षा प्रदान गर्दै आएको विश्व आदर्श एकेडेमीले खेलकुदका क्षेत्रमा समेत अब्बल वनाउने उद्धेश्यले हरेक वर्ष खेलकुद सप्ताह गर्दै आएको छ ।
विश्व आर्दश एकेडेमीको प्रांगणमा भएको समपन कार्यक्रममा परेड,फाइनर दारी तान, धिमे नृत्य सहित पुरस्कार वितरण गरि खेलकुद सप्ताह सम्पन्न गरेको छ ।
राष्ट्रपति रनिगं शिल्ड तथा हिसान स्पोष्ट मिटका लागि समेत खेलाडी छनोट गर्ने उद्धेश्यका साथ विश्व आर्दश एकेडेमीले सञ्चालन गरेको स्पोष्ट सप्ताहको एक कार्यक्रमको आयोजना गरी समापन गरिएको हो ।
एकेडेमीका अध्यक्ष लेखनाथ घिमीरेको अध्यक्षता तथा हिशानका केन्द्रीय उपाध्यक्ष मुकुन्द घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न गरेको थियो ।

कक्षा १ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीले विभिन्न प्रतियोगितामा सहभागिता जनाएका थिए । विद्यार्थीले फुटवल ,क्रिकेट , भलिवल , वास्केटवल ,खोखो , व्याडमिन्टन , चेस ,तेक्वाण्दो ,योगा लगायतका खेलकुदका विद्याहरु सप्ताहमा समावेश गरिएको थियो ।
खेलकुद सप्ताह अन्तरगत सिनियर र जुनियर विद्यार्थी विच प्रतिस्पर्धा गराइएका विभिन्न खेल अन्तरगत १२ वटा विभिन्न खेलका ५१ वटा इभेन्टस अन्तरगत २ सय ४९ स्वर्ण २ सय ४९ रजत र २ सय ७४ कास्य पदक वितरण गरिएको खेलकुद संयोजक फडिन्द्र खड्काले जानकारी दिए ।

विश्व आदर्श एकेडेमीले शैक्षिक गतिविधिका साथै विभिन्न विद्यामा कोच राखेर विद्यार्थीलाई अतिरिक्त क्रियाकपालमा समेतमा दक्षता प्रदान गर्दै आएको कार्यवाहक प्रिन्सिपल रितेशचौधरीले जानकारी गराए ।
उनले विश्व आदर्श एकेडेमीले विशेष गरेर प्रविधि , शिक्षण, सिप र संस्कारलाई प्राथमिकतामा राखेर शैक्षिक गतिविधिका साथै अतिरिक्त क्रियाकपालहरु सञ्चालन गर्दै आएको समेत वताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी घिमिरेले शैक्षिक विकासको कोसेढुग सबित गर्दै इटहरीको लागी विश्व आदर्श सबैको पाठशालको रुपमा स्थापित भएको बताए ।
विभिन्न खेलकुदमा नेपाली खेलाडीहरुले पाउदै आएको सफलताले खेलकुद क्षेत्रमा आकर्षण वढाउदै आएको वताए ।
त्यस्तै एकेडेमिका अध्यक्ष घिमिरेले विद्यार्थीहरुको चौतफी विकास गर्न सकिएन भने विद्रोह हुन्छ तस बाट पाठ सिकिएन भने यि विद्याथीको भविष्यनै स्कुलको भविष्य भएको बताइदै यनीहरुलाई अन्तष्ट्रिय स्तर सम्म प्रतिष्पधाृ गराउने गरि कार्यक्रमहरु आयोजना गर्नु गर्दे बताए ।
खेलकुद समापन कार्यक्रममा प्याव्सन कोशी प्रदेस अध्यक्ष सुमित थापा , एभिन्युज टेलिभिजनका कोशी प्रदेश प्रमुख सचिन पोखरेल,नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष दिनेश भट्टराई, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका डिएस पी सन्तोष श्रेष्ठ लगायतका अतिथीहरुको आतिथ्य रहेको थियो ।
२०७४सालमा स्थापना भएको विश्व आर्दश एकेडेमीमा हाल नर्सरी देखि मास्टर सम्मको अध्ययन अध्यापन हुदै आएको छ ।
News Desk 0 response सोमवार, माघ १२, २०८२
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





