-
इटहरी । दोस्रो कस्तुरी कप अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता भव्य रूपमा सुरु भएको छ । इटहरीस्थित डीभीएम क्रिकेट मैदानमा सञ्चालन भइरहेको प्रतियोगिता कस्तुरी कलेज अफ म्यानेजमेन्टको आयोजनामा सुरु भएको हो ।
सुनसरी जिल्ला क्रिकेट संघको प्राविधिक तथा व्यवस्थापकीय सहयोगमा आज प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको थियो ।
उद्घाटन खेल समूह ‘ए’ अन्तर्गत कस्तुरी एकेडेमी र लिटिल पीस हेभनबीच सम्पन्न भएको थियो । त्यसपछि समूह ‘बी’ अन्तर्गत जनता माध्यमिक विद्यालय, इटहरी र कोशी सेन्ट जेम्सबीच प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगितामा सुनसरी जिल्लाका २० वटा विद्यालयका विद्यार्थी खेलाडीहरूले सहभागिता जनाएका छन्। विद्यालयस्तरमै क्रिकेट प्रतिभाको पहिचान र विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ ।
कार्यक्रमका क्रममा कस्तुरी कलेजका प्राचार्य कमलेश शर्मा पौडेलले प्रतियोगितामा सहभागी २० विद्यालयका विद्यार्थीहरूमध्ये आगामी पाँच वर्षभित्र राष्ट्रिय टिमसम्म पुग्ने खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि इटहरी उपमहानगरपालिका–९ का वडाध्यक्ष जितेन्द्र थापाले विद्यालयस्तरका खेलकुद कार्यक्रमले भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
उनले डीभीएम क्रिकेट मैदानलाई व्यवस्थित क्रिकेट स्टेडियमको रूपमा विकास गर्न केही समस्या भए पनि स्थानीय सरकारको तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
यस्तै, सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सीपी पौडेलले क्यानको लक्ष्य धेरै खेलाडी उत्पादन गर्नु होइन, कम्तीमा एक जना गुणस्तरीय राष्ट्रिय खेलाडी उत्पादन गर्नु नै संघको ठूलो उपलब्धि हुने धारणा राखे ।
कस्तुरी एकेडेमीका प्रधानाध्यापक भुजेन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम हुने टिमलाई नगद ३० हजार र दोस्रो हुनेलाई नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । साथै प्रत्येक ‘म्यान अफ द म्याच’लाई नगद १ हजार र ‘बेष्ट खेलाडी’लाई नगद ५ सय पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
इटहरी तथा आसपासका प्रतिष्ठित विद्यालयहरूको सहभागिताले प्रतियोगितालाई थप आकर्षक बनाएको छ । आज सम्पन्न उद्घाटन खेलहरूमा इटहरीस्थित कस्तुरी स्कुल, जनता स्कुल, पूर्वाञ्चल स्कुल तथा ब्राइट फ्युचर स्कुल विजयी भएका छन्। प्रतिस्पर्धात्मक खेलमार्फत खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए ।उद्घाटन कार्यक्रममा क्यान सुनसरीका उपाध्यक्ष संजिव दङ्गाना, नागरिक समाज ईटहरीका अध्यक्ष आर के राई, कस्तूरी कलेजका स्टुडेन्ट कोअर्डिनेटर जिवन कार्की कस्तूरी एकेडेमीका भाईस प्रिन्सिपल दिपक काफ्ले लगायतको सहभागिता रहेको थियो ।
News Desk 0 response शनिबार, माघ १०, २०८२
-
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३

इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३