• इटहरी । इटहरीमा माघ १० गते देखि दोस्रो कस्तुरी कप अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता भव्य रूपमा सुरु हुँदैछ। कस्तुरी कलेज अफ म्यानेजमेन्टको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिताले विद्यालयस्तरका विद्यार्थी खेलाडीहरूमा ठूलो उत्साह थपेको छ।

    माघ १० गते शनिबार प्रतियोगिताको पहिलो दिन समूह चरणमा रोमाञ्चक खेलहरू सञ्चालन हुनेछन्।
    समूह ए’ अन्तर्गत कस्तुरी एकेडेमी र लिटिल पीस हेभन बीच उद्घाटन खेल हुनेछ। त्यसपछि समूह ‘बी’ अन्तर्गत जनता मावि, इटहरी र कोशी सेन्ट जेम्सबीच प्रतिस्पर्धा हुनेछ।

    प्रतियोगितामा सुनसरीका २० वटा विद्यलयका विद्यार्थीहरुको प्रतिष्पर्धा हुने आयोजकले जानएको छ ।

    प्रतियोगिता माघ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा इटहरी तथा आसपासका क्षेत्रका प्रतिष्ठित विद्यालयहरूको सहभागिता रहेको छ। खेलहरू इटहरीस्थित डीभीएम क्रिकेट मैदानमा सञ्चालन हुदै छ ।
    विद्यालयस्तरमै क्रिकेट प्रतिभा पहिचान र विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले विद्यार्थीहरूमा अनुशासन, टीमवर्क र खेलभावना विकास गर्ने विश्वास आयोजकको छ। खेलप्रेमी दर्शकहरूका लागि प्रतियोगिता थप रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ।

4565