-
सुनसरी । सुनसरी जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले हर्षोल्लास र उत्साहपूर्ण वातावरणमा उम्मेदवारी दर्ता गराएका छन्। पार्टीका नेता–कार्यकर्ता, समर्थक तथा दलका झण्डा–ब्यानरसहित सम्बन्धित निर्वाचन कार्यालय पुगेर उम्मेदवारहरूले आ–आफ्नो मनोनयन दर्ता गराएका हुन्।
सुनसरी क्षेत्र नं. १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ, नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट टीकाराम माङ्लेन लिम्बु र नेपाली कांग्रेसबाट सुजेन्द्र गोलेलगायतका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन्। क्षेत्र नं. १ मा प्रमुख दलका उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ ।
सुनसरी क्षेत्र नं. २ मा एमालेबाट सुजन तामाङ, नेपाली कांग्रेसबाट राजीव कोइराला, नेपाल कम्युनिस्ट पार्टीकी रामकुमारी चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट लालविक्रम थापा तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिनेश बस्नेतले उम्मेदवारी दर्ता गराएका छन्। यस क्षेत्रमा पनि विभिन्न दलका उम्मेदवारहरूको उपस्थितिले चुनावी माहोल थप चर्किएको देखिन्छ ।
त्यस्तै, सुनसरी क्षेत्र नं. ३ मा एमालेकी भगवती चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टीका अशोक चौधरीले मनोनयन दर्ता गराएका छन्। क्षेत्र नं. ४ मा एमालेबाट जगदीश कुसियत, नेपाली कांग्रेसबाट ज्ञानेन्द्र काकी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रेमप्रसाद भट्टराई उम्मेदवार बनेका छन्।
News Desk 0 response बुधबार, माघ ७, २०८२
उम्मेदवारी दर्ताअघि निर्वाचन आयोगका कार्यालय परिसरमा विभिन्न राजनीतिक दलहरूले बाजागाजा, झाँकी र नारासहित ¥याली निकालेका थिए। ¥यालीमा सहभागी कार्यकर्ताहरूले आफ्ना उम्मेदवारको पक्षमा नारा लगाउँदै चुनावी माहोल सिर्जना गरेका थिए।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार जिल्लाका चारै निर्वाचन क्षेत्रमा शान्त, सुरक्षित र उत्साहपूर्ण वातावरणमा उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको छ। सुरक्षा व्यवस्था कडा बनाइएको र कुनै अप्रिय घटना नघटेको प्रहरीले जनाएको छ। उम्मेदवारी दर्ता सम्पन्न भएसँगै सुनसरीमा चुनावी सरगर्मी थप बढ्ने देखिएको छ ।
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





