-
काठमाडौं । माघे सङ्क्रान्ति मगर समुदायको प्रमुख मौलिक चाडका रूपमा विशेष श्रद्धा र उत्साहका साथ मनाइँदै आएको छ। यस पर्वलाई मगर जातिमा विशेषतः चेलिबेटीको चाड मानिन्छ। माघे सङ्क्रान्तिको अवसरमा मगर समुदायले आफ्ना कुलदेवता, पुर्खा तथा कुल–कुलायनको विधिपूर्वक पूजा–आजा गर्ने परम्परा रहेको छ।
माघे सङ्क्रान्तिको दिन बिहान दाजुभाइहरूले स्नान गरी खाली पेटमै कुलदेवता र पुर्खालाई सम्झँदै पूजा गर्छन्। त्यसपछि दिदीबहिनीलाई टीका लगाइदिने, आशीर्वाद दिने र दान–दक्षिणासहित उपहार दिने चलन छ। यस परम्पराले चेलीप्रति सम्मान, माया र पारिवारिक सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास गरिन्छ।
पर्वका अवसरमा तरुल, सखरखण्ड, पिँडालु, सेलरोटी, फलफूल, तरकारीलगायत विभिन्न परिकार तयार पारिन्छ। यी सबै परिकार मिलाएर बनाइएको उपहारलाई मगर समुदायमा मिश्रा वा निस्रो भनिन्छ। चेलीबेटीलाई प्रसाद तथा उपहारका रूपमा निस्रो दिने चलनले आपसी सद्भाव र सामाजिक एकतालाई बलियो बनाउँदै आएको छ।

मगर समुदायका मौलिक संस्कृतिहरूको संरक्षण, प्रवर्द्धन र प्रचार–प्रसार गर्ने उद्देश्यका साथ नेपाल मगर संघले काठमाडौँको टुँडिखेलमा मौलिक सांस्कृतिक राष्ट्रिय महोत्सव आयोजना गरेको छ। महोत्सवमा मगर समुदायका परम्परागत भेषभूषा, नृत्य, गीत, बाजागाजा, संस्कार तथा मौलिक खानपान प्रदर्शन गरिएको छ।
आयोजकका अनुसार मगर समुदायका मौलिक संस्कृतिहरूलाई नेपाल सरकारको राष्ट्रिय सूचीमा सूचीकृत गराउँदै तिनलाई विश्वव्यापी रूपमा चिनाउने लक्ष्य लिइएको छ। माघे सङ्क्रान्ति केवल धार्मिक चाड मात्र नभई मगर समुदायको इतिहास, संस्कृति र पहिचान झल्काउने महत्वपूर्ण पर्वका रूपमा स्थापित हुँदै आएको छ।
News Desk 0 response बिहिबार, माघ १, २०८२
सम्बन्धित शीर्षकहरु
-
महिला पत्रकारको क्षमता र नेतृत्व विकासका लागि इटहरीमा मल्टिमिडिया तालिम सम्पन्न
आइतवार, माघ २५, २०८२ -
बोली, व्यवहार र नियत : मतदाताले बुझ्नैपर्ने राजनीति
आइतवार, माघ २५, २०८२ -
मोरङ कारागारमा कडाइ सुरु, नयाँ इन्चार्जको पहिलो दिनमै ठूलो परिमाणमा लागुऔषध बरामद
शुक्रबार, माघ २३, २०८२

शुक्रबार, माघ २३, २०८२ -
बोली, व्यवहार र नियत : मतदाताले बुझ्नैपर्ने राजनीति
आइतवार, माघ २५, २०८२ -
महिला पत्रकारको क्षमता र नेतृत्व विकासका लागि इटहरीमा मल्टिमिडिया तालिम सम्पन्न
आइतवार, माघ २५, २०८२