-
बेलबारी । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) को २८औँ स्थापना दिवसको अवसरमा बेलबारी नगर कार्यसमितिले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरूलाई स्टेशनरी सामग्री वितरण गरेको छ । बेलबारी नगरपालिका–८ मा रहेको श्री रणपाल आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीहरुका लागी शैक्षिक सामग्री वितरण गरिएको हो । स्थापना दिवसको अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई कापी, पेन्सिल, इरेजर लगायतका आवश्यक शैक्षिक सामग्री वितरण गरियो । सहभागीहरुका अनुसार , विद्यार्थीहरूको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको हो । उक्त कार्यक्रममा नेसनल प्याब्सनका केन्द्रीय सदस्य नारायण ढकाल, मोरङ जिल्ला उपाध्यक्ष तथा बेलबारी नगर अध्यक्ष पर्वत राई, नगर सदस्य भूपाल खवास र चन्द्र धिमाल लगायतले विद्यार्थीहरूलाई सामग्री वितरण गर्दै शिक्षाको महत्वबारे समेत प्रेरणादायी सन्देश दिए ।
विद्यालयको वार्षिक उत्सव तथा अभिभावक दिवस पनि परेकाले कार्यक्रम झनै उत्साहपूर्ण बनेको थियो। अभिभावक, शिक्षक र विद्यार्थीको उल्लेखनीय सहभागिताका बीच सम्पन्न भएको कार्यक्रममा शैक्षिक गुणस्तर अभिवृद्धि र सामुदायिक विद्यालयसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा सम्बोधन गर्दै बेलबारी नगर अध्यक्ष पर्वत राईले शिक्षा, सहयोग र सहकार्यको यात्रामा नेसनल प्याब्सन सधैं प्रतिबद्ध रहने छ , निजी तथा सामुदायिक विद्यालयबीच सहकार्य बढाउन यस्ता कार्यक्रम निरन्तर हुनेछ । स्थानीय विद्यालयका शिक्षक तथा व्यवस्थापन पक्षले नेश्नल प्याब्सनप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले विद्यार्थीहरूको मनोबल बढ्नुका साथै पठनपाठनमा थप उत्साह थपिने बताएका छन्। सामाजिक सेवासँगै शैक्षिक विकासमा योगदान पु¥याउने उद्देश्यले गरिएको यो पहल उदाहरणीय बनेको बताईएको छ ।
News Desk 0 response सोमवार, पुस २८, २०८२
सम्बन्धित शीर्षकहरु
-
महिला पत्रकारको क्षमता र नेतृत्व विकासका लागि इटहरीमा मल्टिमिडिया तालिम सम्पन्न
आइतवार, माघ २५, २०८२ -
बोली, व्यवहार र नियत : मतदाताले बुझ्नैपर्ने राजनीति
आइतवार, माघ २५, २०८२ -
मोरङ कारागारमा कडाइ सुरु, नयाँ इन्चार्जको पहिलो दिनमै ठूलो परिमाणमा लागुऔषध बरामद
शुक्रबार, माघ २३, २०८२
-
महिला पत्रकारको क्षमता र नेतृत्व विकासका लागि इटहरीमा मल्टिमिडिया तालिम सम्पन्न
आइतवार, माघ २५, २०८२ -
मोरङ कारागारमा कडाइ सुरु, नयाँ इन्चार्जको पहिलो दिनमै ठूलो परिमाणमा लागुऔषध बरामद
शुक्रबार, माघ २३, २०८२
-
मोरङ कारागारमा कडाइ सुरु, नयाँ इन्चार्जको पहिलो दिनमै ठूलो परिमाणमा लागुऔषध बरामद
शुक्रबार, माघ २३, २०८२ -
बोली, व्यवहार र नियत : मतदाताले बुझ्नैपर्ने राजनीति
आइतवार, माघ २५, २०८२ -
महिला पत्रकारको क्षमता र नेतृत्व विकासका लागि इटहरीमा मल्टिमिडिया तालिम सम्पन्न
आइतवार, माघ २५, २०८२





